टेबलटेनिस टोली समूह चरणबाटै बाहिरियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपालको महिला र पुरुष टेबलटेनिस टोली १९औँ एसियाली खेलकुदको टिम इभेन्टमा समूह चरणबाट नै बाहिरिएका छन् । शनिबार गोंगशु क्यानल जिमेन्जियममा भएको समूह चरणको दोस्रो खेलमा महिला टोली समूह एफमा दक्षिण एसियाको भारतसँग पराजित हुँदा पुरुष टोलीले उत्तर कोरियासँग हार बेहोरेको हो ।

दुवै खेलमा नेपाल ३-० ले पराजित भएको हो । महिलातर्फ पहिलो खेलमा सिक्क सुवाल दिया पराग चितालेसँग ११-१, ११-६, ११-८ ले पराजित हुनुभएको थियो त्यसपछि नविता श्रेष्ठले यहिका मुखर्जीसँग ११-३, ११-७, ११-२ को हार बेहोर्नुभयो । तेस्रो खेलमा इभान थापा मगर सुतिर्था मुखर्जीसँग ११-१, ११-५, ११-२ ले हारेपछि नेपाल समूह चरणबाट बाहिरिएको थियो । महिला टोली यसअघि शुक्रबार सिंगापुरसँग पनि ३-० ले नै पराजित भएको थियो । यस समूहमा भारतले दुवै खेल जित्दै समूह विजेता बनेको छ । शुक्रबार भारतले सिंगापुरलाई ३-२ ले हराएको थियो ।

यता पुरुषतर्फ पनि नेपाल समूह ‘बी’ को पुछारमा रहेर बाहिरियो । शुक्रबार जापानसँग हारेको नेपालले उत्तर कोरियाविरुद्ध पनि कुनै खेल जित्न सकेन । पहिलो खेलमा हाम युसोङले संयोग कपालीलाई ११-७, ११-४, ११-५ ले हराउनुभयो । दोस्रो खेलमा रुविन महर्जन जिसोङ आङसँग ११-२, ११-६, ११-२ ले पराजित हुनुभयो । विलोश श्रेष्ठले जोङसिक रीसँग ११-८, ११-२, ११-३ को हार बेहोरेपछि नेपालको चुनौती समाप्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?