सोसेक कालीकोटको संरक्षणमा राखिएकी महिलाको रहस्यमय मृत्यु

मान बहादुर बिश्वकर्मा कालिकोट
Read Time = 2 mins

कालीकोट । कालीकोटमा घरेलु हिंसा भोग्दै आएकी एक महिलाको मृत्यु भएको छ । श्रीमानबाट पीडित कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर—१ लुसा माइती घर भएकी गीता जैसीको संरक्षण गरिएको ठाउँमै रहस्यमय मृत्यु भएको हो ।

श्रीमानबाट पीडित महिला जैसीलाई पछिल्लो समय प्रहरीकै निर्देशनमा सोसेक नेपाल नामको गैरसरकारी संस्थाको संरक्षणमा राखिएको थियो । आज बिहान ९ बजेको समयमा सोसेक नेपालकै मान्मस्थित कार्यालयभित्रको शौचालयकोे ढोकामा जैसी मृत भेटिएको प्रहरीले जनाएको छ ।

हिजो प्रहरी कार्यालयमा उपस्थित जैसीलाई प्रहरीले नै मानसिक तनाव दिएको कारणले उनले मृत्यु रोजेको आफन्तको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख अर्जुन केसीले शौचालयको ढोकामा झुन्डिएको अवस्थामा जैसी भेटिएको बताउनुभयो । आफूले अनुसन्धान गर्नुपर्ने भएकाले हिजो प्रहरीमा कार्यालयमा सोधपुछ गरेको बताउनुभयो ।

दैलेख जिल्ला भगवतीमाई गाउँपालिका वडा नं. ५ कट्टीका स्थायी बासिन्दा हाल कालीकोट सदरमुकाम मान्म बस्दै आएका दानबहादुर शाहीले जैसीसँगको सम्बन्धबाट एक छोरा जन्मिएको छ । शाहीको गर्भ बसेपछि कान्छी श्रीमतीका रूपमा उनले जैसीलाई स्वीकार गरेका थिए । २०७५ सालमा छोरा जन्मेसँगै शाहीले कान्छी श्रीमतीलाई हेला गर्दै आएका थिए ।

सम्बन्धित तस्बिर: गीता जैसी मृत भेटिएको सोसेक नेपाल कालीकोटको कार्यालय तस्विर । मानबहादुर बिश्वकर्मा/हिटा

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?