कांग्रेसले संविधान कार्यान्वयनमा देखिएका जटिलता महासमितिको बैठकमा छलफल गर्ने

File Photo

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु महासमितिको बैठकमा छलफल हुने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा केन्द्रिय कार्यसम्पादन समितिको बैठक सकिएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरु गर्ने स्पष्ट पार्नुभयो । उहाँले संविधान संशोधन वा निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्नेकुरा पनि महासमितिको बैठकमा छलफल हुने बताउनु भयो ।

उहाँले कार्यसमिति बैठकमा नेताहरुले सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना गरेको भन्दै त्यसलाई छलफल गर्ने बताउनु भयो । उहाँले काँग्रेसले अघिल्लो कार्यसमितिको बैठकबाट गरेका निर्णयहरु सरकारलाई सुनाएकोमा माग पूरा नभएको अवस्था रहेकाले पुनः सरकारलाई स्मरण गराउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महासमिति बैठकको मिति तया भएको छ । महासमितिको बैठकमा नीति महाधिवेशनले गर्ने समेत कामहरु गर्ने भएकाले नेपाली काँग्रेसको संविधान कार्यान्वयनका सन्दर्भमा देखिएका जटिलताहरु संघीयता कार्यान्वय लगायतका यावत विषयहरु पार्टीको तर्फबाट जान्छ । संविधान संशोधनको कुरा होस्, चाहे निर्वाचन प्रणालीमा पुनः समीक्षा गर्ने कुरा होस्, यी कुराहरु त्यहाँ जान्छ । कार्तिक २४गते इकोनोमिक कनक्लेभ गर्छौं । जसमा अर्थतन्त्रमा यो बैठकमा उठेका कुराहरु त्यसमा समीक्षा गर्छौं र महासमितिको बैठकमा लैजान्छौँ । सरकार सञ्चालनका विषयमा सुझाव, चासो, आलोचना छ । सरकारमा गएका साथीहरुले पनि बताउनुपर्ने कुरा होलान् । त्यसैले एउटा छुट्टै बैठक सरकारमा जानुभएका साथीहरुसँग मात्रै बसेर छलफल गर्छौं । त्यसमा सरकारको काम कारबाहीको बारेमा मात्रै छलफल गर्नेछाँै । सरकारसँग राखेका माग पूरा भएका छैनन्, त्यसमा स्मरण गरेका छौँ र प्रधानमन्त्रीलाई भेटेर ती माग पूरा गर्न आग्रह गर्नेछाँै । सुशासन, सेवा प्रवाहका कुराहरु छन् ।’

नेता प्रदीप पौडेलले महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने र अहिलेको राष्ट्रिय राजनीतिमा समसामयिक विषयहरुका बारेमा पार्टीको दृष्टिकोण सरकार प्रमुख समक्ष लगेर बैठकले निर्णय गरेको बताउनु भयो । उहाँले पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ति काम अविलम्व गर्न दबाब निर्णय भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महासमितिलाई भव्य बनाउन विभिन्न समिति बनाउने, विभिन्न दस्ताबेज तयारी गर्ने र अहिलेको राष्ट्रिय राजनीतिमा समसामयिक विषयहरुका बारेमा पार्टीको दृष्टिकोण सरकार प्रमुख समक्ष लगेर बुझाउने । हाम्रो पार्टीले कुन राष्ट्रिय मुद्दामा के निर्णय गरेको छ भन्ने बारेमा सरकार प्रमुखलाई जानकारी गराउने र सरकारलाई ति काम अविलम्व गर्न दबाब दिने, नेपाली काँग्रेस समावेश भएको सरकारलाई जनताको पक्षमा निम्ति हाम्रो पार्टीको तर्फबाट बैठकका निर्णय सरकार प्रमुखसमक्ष बुझाउने भन्ने निर्णय पनि गरेका छौँ । देशका समसामयिक विषय सबै समेटर हामीले निर्णय गरेका छौँ । महासमितिको बैठकलाई नीति महाधिवेशनका रुपमा सम्पन्न गर्नेगरी सबै विषयको प्रश्ताव तयार गर्ने र नीतिगत रुपमा काँग्रेसलाई स्पष्ट बनाउने ।’

नेता पौडेलले नेपाली काँग्रेस समावेश भएको सरकारलाई जनताको पक्षमा निम्ति हाम्रो पार्टीको तर्फबाट बैठकका निर्णय सरकार प्रमुखसमक्ष बुझाउने निर्णय भएको बताउनु भयो । उहाँले महासमितिको बैठकलाई नीति महाधिवेशनका रुपमा सम्पन्न गर्नेगरी सबै विषयको प्रश्ताव तयार गर्ने र नीतिगत रुपमा काँग्रेसलाई स्पष्ट बनाउने निर्णय भएको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?