बालबालिकाको शिक्षा र सुरक्षामा किड्जी

Read Time = 2 mins

काठमाडौं । प्रि-स्कुल चेन किड्जीले शनिबार काठमाडौंमा बाल सुरक्षासम्बन्धी कार्यशाला ‘आई केयर’ आयोजना गरेको छ । ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य बज्राचार्यको उपस्थितिमा आयोजित कार्यक्रममा काठमाडौं उपत्यकाका प्रसिद्ध विद्यालय र प्रि-स्कुलका प्रिन्सिपलको सहभागिता थियो ।

मुख्य वक्ता किड्जीका शिक्षाविद् किङ्स्टन डिसुजाले विद्यार्थीलाई सिकाउँदा उनीहरूको सुरक्षा पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो । किड्जीले बाल दुव्र्यवहारका विभिन्न प्रकार, लक्षण र विनाशकारी प्रभावबारेमा दर्शकलाई सचेत र शिक्षित बनाउने आशाका साथ बाल दुव्र्यवहार रोकथामका लागि आई केयर अभियान सुरुवात गरेको हो ।

किड्जीले दुई हजारभन्दा बढी केन्द्रको सञ्जालका साथमा १४ लाख विद्यार्थीलाई पालनपोषण गर्दै आएको भने एक लाखभन्दा बढी शिक्षकलाई तालिम प्रदान गरेको छ । नेपालका पाँच प्रमुख शहरका १३ स्थानमा सञ्जाल रहेको किड्जी प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षामा अग्रगामी मानिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?