आर्मीको विजयी सुरुवात

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसनको आयोजनामा बुधबारबाट त्रिपुरेश्वरस्थित कभर्डहलमा इन्टरभ्याली हिृवलचेयर बास्केटबल टुर्नामेन्ट २०७९ मा सुरु भएको छ । गोकर्णेश्वर नगरपालिका र चाँगुनारायण नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको संघीय सांसद सन्तोष चालिसेले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । कार्यक्रमको उद्घाटन गर्दै सांसद चालिसेले फरक क्षमता रहेका खेलाडीहरूको पारा खेललाई प्राथमिकतामा राखेर आफूले आवाज उठाउने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसन, स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाल, त्रिभुवन आर्मी क्लब, बुद्धिसरा इन एक्सन र जावलाखेल हिृवलचेयर स्पोटर््स क्लब गरी ५ टिम रहेका छन् । यस्तै, महिलातर्फ आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोटर््स एसोसिएसन, बुद्धिसरा इन एक्सन, ओमेन हिृवलचियर बास्केटबल एसोसिएसन र हिृवलचियर स्पोर्ट्स एसोसिएसन नेपाल गरी चार टिम रहेका छन् ।

बुधबार भएको खेलमा पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेको छ । टिएसीले जावलाखेल हिृवलचेयर स्पोर्ट्स क्लबलाई २६-२१ अंकको अन्तरले पराजित गर्‍यो । यस्तै, पुरुषतर्फको अर्को खेलमा आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसनले स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १६-१३ अंकले पराजित गर्‍यो । अर्को खेलमा बुद्धिसरा इन एक्सनले स्पाइनल कर्ड इन्जुरी नेटवर्क नेपाललाई १७-१२ ले पराजित गर्‍यो ।

महिलातर्फको खेलमा आयोजक नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्ट्स एसोसिएसन ओमेन हिृवलचियर बास्केटबल एसोसिएसनसँग १०-१६ ले पराजित भयो । यस्तै, अर्को खेलमा हिृवलचियर स्पोर्ट्स एसोसिएसन नेपालले बुद्धिसरा इन एक्सनलाई ६-२ अंकले पराजित गर्‍यो ।

पुरुषतर्फको पाँच टिमलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ । उपाधिका लागि चार टिमबीच सेमिफाइनल र फाइनल खेल खेलाइनेछ । यस्तै, महिलातर्फ राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गरिने र उत्कृष्ट दुई टिमबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएका छन् ।

उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका उपसचिव शान्तिबहादुर बस्नेत, नेपाल बास्केटबल संघका अध्यक्ष भीम गुरुङलगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?