भूकम्प प्रभावितको उद्धार जारी, घाईतेको उपचार पहिलो प्राथमिकतामा : सरकार

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । सरकारले पश्चिम नेपालमा गएको भूकम्पमा परी घाईते भएकोको उपचार पहिलो प्राथमिकतामा राखेको बताएको छ ।

शनिवार जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा गृह मन्त्रालयमा बसेको बैठकले यस्तो बताएको हो । बैठकले घाईतको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास जारी राख्ने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनु भयो । उहाँले उद्धार कार्यमा कुनै कमी हुन नदिने गरी काम गरिरहेको बताउनु भयो ।

उहाँले घाईते तथा त्यहाँको क्षतिको विवरणहरु संकलन एकीकृत विधिबाट गर्ने निर्णय भएको पनि बताउनु भयो । उहाँले प्रभावित क्षेत्रमा वान डोर प्रणालीबाट राहत दिने र राहत सामग्री प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरी हस्तान्तरण गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जाजरकोटमा गएको भूकम्पबाट पुगेको क्षतिका सम्बन्धमा र सर्च एण्ड रेस्क्युका सम्बन्धमा छलफल गर्न बैठक बसेको थियो । सर्च एण्ड रेस्क्यु र घाईतको उपचारलाई पहिलो प्राथमिकतामा राखेर सबै प्रयास त्यतातिर केन्द्रित गर्ने । त्यसमा कुनै कमी हुन नदिने । बिहानदेखि भएको प्रयासको समीक्षसहित थप प्रभावकारी बनाउने कुरा भयो । घाईते तथा त्यहाँको क्षतिको विवरणहरु संकलन गर्ने र एकीकृत विवरणका लागि विवरणलाई एउटै प्रणालीबाट संकलन गर्ने अर्थात सूचना संकलन र व्यवस्थापन प्रभावकारी बनाउने । तत्काल उपलब्ध गराउनुपर्ने राहत सामग्रीहरुको विषयमा आवश्यक पूर्वतयारी गर्ने र त्यस्ता राहत सामग्री प्रदेश हेडक्वार्टर सुर्खेतमा सप्लाइ गरेर हस्तान्तरण गर्ने । वान डोर सिस्टमबाट राहत वितरण गर्ने । जिल्ला विपद् व्यवस्थापन समितिमा अहिले दुई वटा जिल्लामा २०÷२० लाख रुपैयाँ छ । त्यसले थप कामका लागि नपुग्न सक्छ भनेर जिल्लाको विपद् व्यवस्थापन समितिमा ५÷५ करोड निकासा दिनेगरी सहमति भएको छ । क्षतिको विवरण संकलन गर्र्ने टिम खटाइने ।’

सरकारकाअनुसार हालसम्म भूकम्पका कारण मृत्यु हुनेको संख्या १३८, उपचाररत २३१ जना रहेका छन् । ठूलो भूकम्प गएपछि १६९ वटा पराकम्प गएको र ४ रेक्टर स्केल भन्दा माथिका ५ वटा पराकम्प गएको मन्त्रालयले बताएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?