आठौं संस्करणको राष्ट्रिय लोक दोहोरी अवार्ड हुँदै

दीर्घसाधना सम्मान कृष्ण सुधा ढुंगानालाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आठौं संस्करणको राष्ट्रिय लोक दोहोरी अवार्ड हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।

कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण गरिने बताइएको छ । साथै, दीर्घसाधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिने आयोजकको भनाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले अवार्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वलाई प्रदान गरिने बताउनुभयो । उपत्यका समन्वय समितिले विभिन्न आठवटा विधामा सम्मानित हुने व्यक्तित्वहरूको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहित दीर्घसाधना सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी, संस्थागत स्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्षसम्मकोे योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारी दशक स्रष्टा सम्मान प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी गराउनुभयो ।

लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिनुभएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मान प्रदान गरिने अध्यक्ष थापामागरले बताउनुभयो ।

त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?