आठौं संस्करणको राष्ट्रिय लोक दोहोरी अवार्ड हुँदै

दीर्घसाधना सम्मान कृष्ण सुधा ढुंगानालाई

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आठौं संस्करणको राष्ट्रिय लोक दोहोरी अवार्ड हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले सोमबार पत्रकार सम्मेलन गर्दै कार्यक्रम आयोजनाबारे जानकारी गराएको हो ।

कार्यक्रम आगामी असोज ११ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । उक्त अवार्ड २४ वटा विधामा वितरण गरिने बताइएको छ । साथै, दीर्घसाधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिने आयोजकको भनाइ छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले अवार्ड समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वलाई प्रदान गरिने बताउनुभयो । उपत्यका समन्वय समितिले विभिन्न आठवटा विधामा सम्मानित हुने व्यक्तित्वहरूको नामसमेत सार्वजनिक गरेको छ । समन्वय समितिले नगद राशीसहित दीर्घसाधना सम्मान कृष्ण सुधा ढुंगानालाई नगद राशीसहित प्रदान गर्ने जनाएको छ ।

त्यसैगरी, संस्थागत स्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानलेलाई प्रदान गरिने बताइएको छ । लोक गीतको क्षेत्रमा दश वर्षसम्मकोे योगदान र सफलतालाई सम्मान गर्दै एकनारायण भण्डारी दशक स्रष्टा सम्मान प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी गराउनुभयो ।

लोक संगीतलाई माथि उठाउनका लागि योगदान दिनुभएका राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान प्रदान गरिने भएको छ । सदावहार लोक गीतमा ‘बाबरी फूलको बोट’ गीतलाई सम्मान प्रदान गरिने अध्यक्ष थापामागरले बताउनुभयो ।

त्यसैगरी, लोकदोहोरी कलाकार साँझ सम्मान (नगद राशीसहित) कृष्ण आँशुलाई र लोकदोहोरी उपत्यका विशिष्ट सम्मान समाजसेवी सपना रोकालाई प्रदान गरिने बताइएको छ । लोकदोहोरी अवार्ड विशेष सम्मान शिव हमाललाई प्रदान गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नुवाकोट बस दुर्घटना अपडेट : दुई जनाको मृत्यु, तीन घाइते काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु काठमाडाैंमा यी पाँच स्थानबाट आज ग्यास वितरण हुँदै