बन्द सत्र सञ्चालनका लागि अध्यक्ष मण्डल गठन, आजै साँझबाट निर्वाचन कार्यक्रम

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अधिवेशनको बन्द सत्र सञ्चालन गर्नका लागि प्रदेश इन्चार्ज गुरु बरालको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन भएको छ ।

अध्यक्ष मण्डलमा स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसहित देवी ज्ञवाली, आनन्द पोखरेल, गोकुल बाँस्कोटा, कमल चौलागाई,रामेश्वर फुयाँल, कृष्ण राई, सुशीला नेपाल, पार्वत गुरुङ ,अरुण नेपाल र रत्ना गुरुङ सदस्य रहनुभएको छ ।

अहिले प्रज्ञा भवनमा बन्दसत्र शुरु भएको छ। बन्दसत्रमा राजनीतिक, सांगठानिक, आर्थिक र आगामी कार्य योजना सम्बन्धी प्रतिवेदनहरू प्रस्तुत हुने बताइएको छ।

त्यस्तै नयाँ नेतृत्वका लागि आजै साँझबाट निर्वाचन कार्यक्रम पनि अघि बढ्ने बताइएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?