विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् ।

झापाको शिवसताक्षी नगरपालिका–११ दुधेस्थित साकिरा यातायात प्रालिको काउन्टरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–१ धरमपुर बस्ने २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावती रहेका छन् । ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले प्र.१–०१–०१३ प ६५८१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा उनीहरूले काठमाडौं पठाउन भनि ल्याएको चामलको बोराभित्र लुकाई छिपाई राखेको उक्त पदार्थ फेला पारी दुवै जनालाई स्कुटरसहित पक्राउ गरेको हो ।

झापाकै मेचीनगर नगरपालिका ६ स्थित पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्रामसहित बिर्तामोड नगरपालिका ६ बस्ने २० वर्षीय सुजन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उदयपुरको त्रियुगा नगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ६ सय ८० मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ३ ठाडी बस्ने ३२ वर्षीय हरि कुमार निरौला, ४० वर्षीय रतनमणि भन्ने रोहित चौधरी र २४ वर्षीय नागेश्वर चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?