भोजपुरमा स्थानीय प्रशासनले बजार अनुगमन तीब्र बनाउने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । चाड पर्व नजिकिदै गर्दा भोजपुरमा स्थानीय प्रशासनले बजार अनुगमनलाई तिव बनाएको छ । बजार अनुगमनका क्रममा भोजपुर सदरमुकाम र आसपासमा रहेका ८६ वटा पसलहरुमा प्रशासनले अनुगमन गरेको छ ।

दुई दिनको अवधीमा ती पसलहरुमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । चाड पर्वको समयमा उपभोत्ता ठगिन नपाउन भन्नका लागि प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठको नेतृत्वमा दुई टोली बनाएर बजार अनुगमन गरिएको हो । खाद्यान्न, किराना, डेरी, होटलहरुमा अनुगमन गरिएको छ । सोक्रममा म्याद सकिएका १५ हजार बरावरको सामाग्री नष्ट गरिएको प्रशासकीय अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनले घरेलु तथा साना उद्योग कार्यालय, नागरिक समाज, प्रहरी, उद्योग बाणिज्य संघका प्रतिनिधी सहित बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा उत्पादन मिति नाघेका सामाग्रीहरु समेत फेला परेको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले चाड पर्व नजिकिएसँगै बजारमा अत्यावश्यक सामाग्रीहरुको अवस्था, मुल्य सुची, ब्यवसायीका समस्या बुझनका लागि पनि बजार अनुगमन गरिएको बताउनुभयो । प्रजिअ घिमिरेले भन्नुभयो, “चाड पर्वमा देखिने गरेको मुल्य बृद्धि, सामाग्रीको अभाव, ब्यवसायीका समस्या लगायतका बिषयमा बुझन बजार अनुगमन थालिएको छ, यो अभियान अव नियमित हुने छ ।”
स्थानीय प्रशासनले बजार र आसपासमा नभएर जिल्लाका ग्रामीण क्षेत्रहरुमा रहेका पसलहरुमा समेत अनुगमन सुरु गरिने जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?