धौलागिरी अस्पताललाई करिब १२ लाखको ल्याव मेसिन सहयोग

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 2 mins

बागलुङ । धौलागिरी अस्पताल बागलुङलाई करिब १२ लाख बराबरको ल्याव मेसिन सहयोग प्राप्त भएको छ । कमल शर्मा फाउण्डेशनले अस्पताललाई कुल ११ लाख ८६ हजार ५ सय मूल्यको ल्याब मेसिन सहयोग गरेको हो ।

बागलुङको जैमिनी नगरपालिका–७ जैदीका घनस्याम शर्मा र भविश्वरा पाध्याका माहिला छोरा कमल शर्मा पौडेलको क्यान्सर रोगबाट मृत्यु भएपछि उहाँको नाममा परिवारले कमल शर्मा फाउण्डेशन नामक संस्था खोलिएको हो ।

बिरामीको उपचारमा सहयोग पुर्याउने उदेश्यले हस्तान्त्रण गरिएको अधिवक्ता तथा मृतकका काका अखिलनाथ शर्माले जानकारी दिनुभयो । क्यान्सर जस्तो जटिल रोग देखा परेपछि अमेरिकाको अस्पतालमा उपचारका क्रममा निधन भएकोले मृतककी पत्नी तथा परिवारजनको चाहना अनुरुप अस्पतालको सेवा प्रवाहमा सहयोग पुर्याउने उदेश्यले मेसिन हस्तान्त्रण गरिएको शर्माले बताउनुभयो ।

कमल शर्मा फाउण्डेशनले उपलब्ध गराएको मेसिनले बिरामीको सेवा प्रवाहमा सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रविरञ्जन प्रधानले बताउनुभयो । ल्याबमा हेमाटोलोजी मेसिनको आवश्यकता भएकाले फाउण्डेशन संगको समन्वयमा उक्त मेसिन मगाएको मेसु प्रधानले जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?