फाउण्डेसनद्वारा इन्ट्रा कप २०२३ आयोजना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्सको सफलतापछि इन्ट्रा नेसनल वेलफेयर एण्ड स्पोर्ट फाउण्डेसन अफ अमेरिकाले न्युयोर्कको रोचेस्टरमा हालै वार्षिक इन्ट्रा कप २०२३, सक्कर र भलिबल टुर्नामेन्ट आयोजना गरेको छ । फाउण्डेसनका अध्यक्ष दिल्ली अधिकारीले भन्नुभयो, ‘खेलकुदमा सहभागिता प्रवद्र्धन गर्दै समुदायमाझ स्पोर्ट्सम्यानसिपलाई बढावा दिनु इन्ट्रा कप २०२३ को प्रमुख उद्देश्य हो, खेलकुद टिमवर्क, सहकार्य र टिम स्पिरिटजस्ता महत्वपूर्ण मूल्य मान्यतालाई बढावा दिने एक प्रमुख माध्यम हो ।’ खेलमार्फत् नेपालीहरूलाई एकताको सूत्रमा बाँध्नु र सहकार्यलाई बढावा दिँदै नेपाली भाषाको प्रवद्र्धनसमेत कार्यक्रमको उद्देश्य भएको उहाँको भनाइ छ ।

आयोजकका अनुसार तेस्रो इन्ट्रा कप सक्कर टुर्नामेन्ट २०२३ मा पुरुषतर्फका विजेता टिमलाई स्क्वाडले १५ हजार अमेरिकी डलर नगद पुरस्कार प्रदान गरेको छ भने महिलातर्फको विजेता साइनिङ स्टार्सले १० हजार अमेरिकी डलर नगद प्राप्त गरेको छ । तेस्रो इन्ट्रा कप इन्टरस्टेट सक्कर टुर्नामेन्ट २०२३ भेट्रान उपाधि लगातार दोस्रो वर्ष पनि सिन्सी इन्ट्रा एफसीले जितेको छ । जितसँंगै १० हजार अमेरिकी डलर नगद पुरस्कार हात पारेको छ ।

तेस्रो इन्ट्रा कप भलिबल टुर्नामेन्ट महिला उपाधि बेलमोन्टले जितेर आठ हजार अमेरिकी डलर प्राप्त गरेको छ भने पुरुषतर्फको उपाधि रुकुम ‘ए’ले जित्दै १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?