यसरी राख्न सकिन्छ स्वस्थ्य मुटु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । आज विश्व मुटु दिवश । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदेछ । मानव शरिरको अभिन्न अंगका रुपमा मुटुलाई लिने गरिएको छ । मुटुबिना प्राणीको जीवन सम्भव छैन । यो अंग रक्त सञ्चालनसँग सम्बन्धित छ ।

मुटुले रक्तनलीमार्फत् सञ्चार प्रणालीमा रगत पम्प गर्ने काम गर्छ । मुटुमा चारवटा भाग गरेका हुन्छन्, जसमा दुई अउरिकल र दुईवटा भेन्ट्रिकल । शरिरको लागि रगत सञ्चालनको मुख्य काम मुटुले गर्ने गर्छ । त्यसैले हामीले मुटु सधैं सक्रिय र स्वास्थ राख्नुपर्छ ।

अहिलेको समयमा धेरैजसो मानिस सुखभोगी देखिएका छन् । सानो कामका लागि पनि मेसिनको साहरा लिने । हिड्नुको सट्टा यातायातका साधन प्रयोग गर्ने । खानापानमा पनि मिठै चाहिने । तारेका, चिल्लो, नुन, बोसोयुक्त मासु, जंकफुड, रेडिमेट खानामा ध्यान जाने तर हरियो परियो सागपात र फलफूलमा भने फिटिक्कै आँखा नलाग्ने ।

पछिल्लो समय युवा अवस्थामा हुने ह्दयघातको ८० प्रतिशत कारण तनाव, चुरोट, सुर्ती र रक्सी भएको विभिन्न अध्ययनले पुष्टि नै गरिसकेको छ । यी कूलतले मुटुमा बोसो जमाउने क्रम बढाउँछ । रक्तसञ्चारको भल्व बन्द हुन्छ अनि हृदयाघात ।

मुटु स्वस्थ्य राख्न निम्न काम गर्नुपर्छ-

– धुम्रपान तथा मद्यपान नगर्ने

– नुन कम खाने ।

– रक्तचाप र कोलेस्ट्रोलको मात्रा नियमित परीक्षण गर्नुपर्छ ।

– डाइटको ख्याल गर्नु पर्छ ।

– सदा सक्रिय रहनुपर्छ ।

– तौल ख्याल गर्नुपर्छ ।

– वंशाणुगत रोगको पहिचान गर्ने ।

– तनावबाट मुक्त रहने ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?