सिन्धुलीमा गाडी दुर्घटना, दशजना घाईते

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । जिल्लाको सुनकोशी गाउँपालिका-३ बोहोरेटारस्थित वीपी राजमार्गमा शुक्रबार विद्युतीय गाडी दुर्घटना भएको छ ।

राहत शिक्षकहरुको आन्दोलनका लागि सिन्धुलीबाट काठमाडौं जान शिक्षकहरु चढेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

म.प्र ०४-००१ज.००६२ नम्बरको गाडी दुर्घटनामा पर्दा कमलामाइ नगरपालिका-१ का ३४ वर्षीय मुकुन्द थापा गम्भिर घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो ।

त्यस्तै कनपा-६ का ४६ वर्षीय निरकुमार चालिसे, बनेपानगरपालिका-१० बस्ने ४० वर्षीया गर्भवती समेत रहनुभएको गार्की बस्नेत, कनपा-५ बस्ने ४६ बर्षीया कमला घिमिरे, तिनपाटन गाउँपालिका- १० का ४० वर्षीय राजनकार्की, कनपा-१ का ४१ वर्षिय भुवन थापा, कनपा-४ बस्ने ४० वर्षीया बबिता देबकोटा, कनपा-६ का ४६ वर्षीय बिष्णु ढकाल, उहाँको छोरा ११ वर्षीय निश्चल ढकाल र कनपा-६ का ४० वर्षीय सरोज थापा दुर्घटना परी घाइते भएका उहाँले बताउनुभयो ।

प्रहरी नायव उपरीक्षक दाहालकाअनुसार घाइतेहरुलाई धुलिखेल अस्पतालमा उपचारको लागी पठाइएको छ । सवारी चालक कनपा-८ का २६ वर्षीय तेजबहादुर कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?