फुटबल खेल्ने युवाहरू सामाजिक कार्यमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । फुटबल खेल्नका लागि बनाइएको संस्थामा बिहानी फुटबल क्लबमा आबद्ध युवाहरू अहिले सामाजिक कार्यमा जुटेका छन् । सामान्य कामका लागि पनि अरूको मुख ताक्ने परिपाटीको अन्त्यका लागि आफूहरू अहिले सामाजिक कार्यमा लागेको बिहानी फुटबल क्लबका अध्यक्ष रिपेश भुजेलले बताउनुभयो । ‘आफनो ठाउँ आफैं बनाआँै अभियान हामीले सञ्चालन गरिरहेका छौँ, यो अभियान विगत १३ हप्तादेखि सञ्चालन हुँदैछ,’ अध्यक्ष भुजेलले भन्नुभयो । संस्थाले प्रत्येक हप्ता श्रमदान अभियानअन्तर्गत मन्दिर सरसफाइ, वृक्षारोपण, सडक मर्मत, राष्ट्रिय झण्डा राख्ने जस्ता कार्य गर्दै आइरहेको छ भने अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगितासमेत स्थानीय टुँडिखेलमा सञ्चालन गरिसकेको छ ।

युवाहरू जुटेमा सानातिना कार्यका लागि बजेट नै नचाहिने संस्थाका सचिव विकल श्रेष्ठको भनाइ छ । सचिव श्रेष्ठले यो अभियान युवाहरूले जारी राख्ने बताउनुभयो । ‘सानो काममा पनि बजेट नै चाहिने परिपाटीको विकास भइरहेको छ, आफ्नो ठाउँका लागि आफूहरू पनि अग्रसर हुन सकेमा समाज परिवर्तन गर्न सकिन्छ,’ श्रेष्ठले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?