एनएसएलको खेलाडी अक्सन सम्पन्न

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
त्यसमा ललितपुर सिटी एफसीले खेलाडी खरिदमा सर्वाधिक २४ लाख २० हजार रुपैयाँ खर्च गर्‍यो ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले सहभागी टिमलाई खेलाडी अक्सनमा बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखेको थियो ।

ललितपुरले सेसेहाङ आङदम्बे र दिनेश हेम्जोङलाई तीन लाख ५० हजारमा अनुबन्ध गर्‍यो भने विवेक पौडेल, आदित्य शाक्य, निरज चौधरी, रोशन पहारी, विशाल सुनार र प्रवेश कुँवरलाई समान एक लाख ५० हजारमा खरिद गर्‍यो ।

दोस्रो खर्चिलो क्लब स्पोर्टिङ इलाम बन्यो । उसले अक्सनमा २० लाख ५० हजार खर्च गर्‍यो । इलामले आशिष गुरुङलाई तीन लाख ५० हजार तथा सन्तोष खत्री, सन्तोष महत, आशिष चापागाईं, विमल पाण्डे, भरत खवास, विराज महर्जन, जितेन्द्र कार्की र नवीन लामालाई समान एक लाख ५० हजार हाल्यो ।

तेस्रो खर्चिलो क्लब झापाले २० लाख ५० हजार खर्च गर्‍यो । झापाले लेकेन लिम्बूका लागि तीन लाख ५० हजार हाल्यो । यस्तै, आशिष देउला, प्रदीप लामा, योगेश गुरुङ, अशोक खवास र सुमित श्रेष्ठलाई समान एक लाख ५० हजार हाल्यो भने भरत चौधरी, प्रशान्त लिम्बू र समिराज थोकलाई एक लाख ३० लाखमा अनुबन्ध गर्‍यो ।

साबिक विजेता काठमाडौं रेजर्सले २० लाख १० हजार रुपैयाँ अक्सनमा खर्च गर्‍यो । काठमाडौंले दिेनेश गुरुङलाई तीन लाख ५० तथा अञ्जन राई, कुलदीप कार्की, राजाबाबु थापा, अञ्जन राई र अभिषेक बराललाई समान एक लाख ५० हजार रुपैयाँ हाल्यो । यस्तै, अमित तामाङ, खामिल गुल्सन, प्रशान्त अवस्थीलाई समान १ लाखमा खरिद गर्‍यो ।

धनगढीले खेलाडी खरिदमा १९ लाख १० हजार खर्च गर्‍यो । धनगढीले कृतिशरत्न चिन्जुलाई ३ लाख ५० हजार हाल्यो । यस्तै, कमल श्रेष्ठ, टेकेन्द्रसिंह थापा, देवेन्द्र तामाङ, साइमन लिम्बू र मनोज राईलाई समान एक लाख ५० हजार खर्च गर्‍यो ।

वीरगञ्जले १९ लाख ७० हजार खर्च गर्दा सुदीप गुरुङ र सिमान्त थापालाई तीन लाख ५० हजार खर्च गर्‍यो । यस्तै, उसले भिसेन गुरुङ, सुनिल खड्का, सुभास गुरुङ र जया गुरुङलाई १ लाख ५० हजारमा भित्र्यायो ।

चितवनले १८ लाख २० हजार र बुटवल लुम्बिनीले १६ लाख ७० हजार रुपैयाँ अक्सनमा खर्च गरे । पोखरा थन्डर्स सबैभन्दा थोरै रकम खर्च गर्ने टिम बन्यो । उसले न्यूनतम रकमसमेत खर्च गरेन । सहभागी टिमले कम्तीमा १८ लाख रुपैयाँ खर्च गर्नुपर्ने सीमा राखिएको थियो । तर, पोखराले अक्सनमा मात्र १५ लाख ६० हजार रुपैयाँ खर्च गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
नाइमा एक्स्पोमा एथरको नयाँ ४५० एक्स ओभरटोन्स सार्वजनिक भक्तपुरमा जलाइयो गँठेमङ्गलको पुत्ला सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग पाटनमा मिप्वाः लाखे नाच सुरु, पाँच दिनसम्म प्रदर्शन हुने [तस्वीरहरु] ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव नेपाल ल्याइयो… एमाले–नेकपाबीच प्रदेश सरकारको भागबण्डाको आधार तय, मुख्यमन्त्री नलिनेले पहिले मन्त्रालय रोज्ने कांग्रेसको विवाद सैद्धान्तिकभन्दा नेताको व्यक्तिगत चरित्रमा केन्द्रित भयो : भावुक न्यौपाने एनसेलको शेयर खरिद–बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्दै सरकार ‘सर्वोच्चमा दायर मुद्दा फिर्ता लिएर संवादबाट कांग्रेसको समस्या समाधान गरौँ’ : ध्रुव… खनिज सम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउनुपर्छः उपनेता अर्याल