एनएसएलको खेलाडी अक्सन सम्पन्न

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को खेलाडी अक्सन शनिबार काठमाडौंमा सम्पन्न भएको छ ।
त्यसमा ललितपुर सिटी एफसीले खेलाडी खरिदमा सर्वाधिक २४ लाख २० हजार रुपैयाँ खर्च गर्‍यो ।

आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले सहभागी टिमलाई खेलाडी अक्सनमा बढीमा २५ लाख रुपैयाँसम्म खर्च गर्न सक्ने प्रावधान राखेको थियो ।

ललितपुरले सेसेहाङ आङदम्बे र दिनेश हेम्जोङलाई तीन लाख ५० हजारमा अनुबन्ध गर्‍यो भने विवेक पौडेल, आदित्य शाक्य, निरज चौधरी, रोशन पहारी, विशाल सुनार र प्रवेश कुँवरलाई समान एक लाख ५० हजारमा खरिद गर्‍यो ।

दोस्रो खर्चिलो क्लब स्पोर्टिङ इलाम बन्यो । उसले अक्सनमा २० लाख ५० हजार खर्च गर्‍यो । इलामले आशिष गुरुङलाई तीन लाख ५० हजार तथा सन्तोष खत्री, सन्तोष महत, आशिष चापागाईं, विमल पाण्डे, भरत खवास, विराज महर्जन, जितेन्द्र कार्की र नवीन लामालाई समान एक लाख ५० हजार हाल्यो ।

तेस्रो खर्चिलो क्लब झापाले २० लाख ५० हजार खर्च गर्‍यो । झापाले लेकेन लिम्बूका लागि तीन लाख ५० हजार हाल्यो । यस्तै, आशिष देउला, प्रदीप लामा, योगेश गुरुङ, अशोक खवास र सुमित श्रेष्ठलाई समान एक लाख ५० हजार हाल्यो भने भरत चौधरी, प्रशान्त लिम्बू र समिराज थोकलाई एक लाख ३० लाखमा अनुबन्ध गर्‍यो ।

साबिक विजेता काठमाडौं रेजर्सले २० लाख १० हजार रुपैयाँ अक्सनमा खर्च गर्‍यो । काठमाडौंले दिेनेश गुरुङलाई तीन लाख ५० तथा अञ्जन राई, कुलदीप कार्की, राजाबाबु थापा, अञ्जन राई र अभिषेक बराललाई समान एक लाख ५० हजार रुपैयाँ हाल्यो । यस्तै, अमित तामाङ, खामिल गुल्सन, प्रशान्त अवस्थीलाई समान १ लाखमा खरिद गर्‍यो ।

धनगढीले खेलाडी खरिदमा १९ लाख १० हजार खर्च गर्‍यो । धनगढीले कृतिशरत्न चिन्जुलाई ३ लाख ५० हजार हाल्यो । यस्तै, कमल श्रेष्ठ, टेकेन्द्रसिंह थापा, देवेन्द्र तामाङ, साइमन लिम्बू र मनोज राईलाई समान एक लाख ५० हजार खर्च गर्‍यो ।

वीरगञ्जले १९ लाख ७० हजार खर्च गर्दा सुदीप गुरुङ र सिमान्त थापालाई तीन लाख ५० हजार खर्च गर्‍यो । यस्तै, उसले भिसेन गुरुङ, सुनिल खड्का, सुभास गुरुङ र जया गुरुङलाई १ लाख ५० हजारमा भित्र्यायो ।

चितवनले १८ लाख २० हजार र बुटवल लुम्बिनीले १६ लाख ७० हजार रुपैयाँ अक्सनमा खर्च गरे । पोखरा थन्डर्स सबैभन्दा थोरै रकम खर्च गर्ने टिम बन्यो । उसले न्यूनतम रकमसमेत खर्च गरेन । सहभागी टिमले कम्तीमा १८ लाख रुपैयाँ खर्च गर्नुपर्ने सीमा राखिएको थियो । तर, पोखराले अक्सनमा मात्र १५ लाख ६० हजार रुपैयाँ खर्च गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?