जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख खनालको निधन

हिमालय टाइम्स
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा   । जिल्ला समन्वय समिति ओखलढुंगाका प्रमुख डिल्लीराम खनालको निधन भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा शनिबार राति १० बजे निधन भएको हो ।

लामो समयदेखि प्याङक्रियाज क्यान्सर पीडित खनाल उपचाररत हुनुहुथ्यो । २००७ साल असोज २० गते ओखलढुंगामा जन्मनुभएका खनालको २०८० साल असोज १३ गते बेलुका शिक्षण अस्पताल काठमाण्डौमा मृत्यु भएको छ । तिन वर्ष अगाडी प्याङक्रीयाजमा क्यान्सर भएपछी नयाँदिल्लीको राजीवगान्धी अस्पतालमा उपचार गर्नुभएको थियो । करिब ६ महिना भारतमा उपचार पश्चात नेपाल आउनु भएको थियो । त्यसपछी काठमाण्डौको हरिसिद्धी क्यान्सर अस्पतालमा नियमित फलोअप र उपचार गराउदै आउनु भएको थियो । पछी शिक्षण अस्पताल महाराजगन्जमा नियमित उपचार गराईरहनुभएको थियो ।

जीवनको शुरुवातमा सरकारी जागिर खानुभएका खनाल जुझारु स्वभाव र पन्चायती बिरोधी भएको भनी जागिरबाट हटाएका थिए । बि.सं २०२८ सालमा शिक्षक पेशामा लाग्नु भएको थियो । शिक्षण पेशाको राम्रो अनुभव बटुल्न नपाउदै अराष्ट्रिय तत्व भनी दुःख दिन थाले पछी जागिर छोडेर भाग्नु भएको थियो । २०३१ सालमा लोकसेवा पास गरी निजामती सेवामा प्रबेश गरी बजार सेवामा कार्यरत रहनु भएको थियो । जागिर खाएकै अवस्थामा पनि पन्चायती गतिविधीको बिरोध गरेको आरोपमा हटाएका थिए । अवधीका हिसाबले पेन्सन भएका खनाललाई पेन्सन लगायत कुनै सेवासुविधा नदिई हटाईएको थियो । सेवासुविधा र पेन्सनका लागी कानुनी लडाँई लड्नुभयो तर सेवासुविधा पाएको भए पनि पेन्सन भने नदिएको बालकुमार खनालले जानकारी दिनुभयो ।

बहुदल आएपछी नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला कार्यसमितिको कोषाध्यक्ष पदमा निर्वाचित हुनुभएको थियो । लगातार २ कार्यकाल कोषाध्यक्ष हुनुभएका खनाल पार्टीका लागी असल इमान्दार नेताको रुपमा चिनिनुहुथ्यो । जागिरे जीवन पछाडी नियमित राजनितिमा होमीनु भएका खनाल पार्टीको विभिन्न भूमिकामा रहेर काम गर्नु भएको थियो । पार्टीका साधारण सदस्य देखी कार्यकर्ता लगायतमा परिचित नेता खनाल, सबैप्रति सद्भाव र दयालु स्वभावको भएको कांग्रेस नेता टेकराज भट्टराईले बताउनु भयो ।

०६२/०६३ को जनआन्दोलन पछी जिल्ला उपसभापति भएर पनि काम गर्नुभएको थियो । त्यसपछीको जिल्ला अधिबेशनमा जिल्ला सभापतिको उम्मेदवार हुनुभएका खनाल असफल हुनुभएको थियो । अन्य समयमा महाधिबेशन प्रतिनिधी र महासमिति सदस्य भएर पनि काम गर्नु भएको थियो ।

२०७९ सालमा भएको स्थानिय तह निर्वाचनमा जिल्ला समन्वय समिति ओखलढुंगाको समन्वय प्रमुखमा निर्वाचित हुनुभएको थियो ।
उहाँकी धर्मपत्नी ६८ वर्षिय शारदा खनाल हुनुहुन्छ भने दुई छोरा र दुई छोरी हुनुहुन्छ । जेठो छोरा महेश खनाल परिवार सहित रोजगारीको सिलसिलामा अष्ट्रेलिया, दुई विवाहित छोरी पनि बिदेशमै हुनुहुन्छ । कान्छा छोरा डा.राजाराम खनाल वरिष्ठ मुटु रोग विशेषज्ञ शिक्षण अस्पतालमा कार्यरत हुनुहुन्छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?