लिबियाबाट इटालीका लागि १० वर्षपछि पहिलो व्यावसायिक उडान सुरु

Read Time = 2 mins

त्रिपोली । करिब १० वर्षको अन्तरालपछि लिबिया र इटालीबीच सिधा उडान पुनः सुरु भएको छ । रोमका लागि उडेको एक विमानले लिबियाको राजधानी त्रिपोलीमा शनिबार उडान भरेको हो । सन् २०१४ को डिसेम्बरमा, युरोपेली आयोगले सुरक्षाको कारण देखाउँदै लिबियाका सबै एयरलाइन्सलाई युरोपेली हवाई क्षेत्रमा उडान गर्न प्रतिबन्ध लगाएको थियो ।

लिबियास्थित मेडस्की एयरवेजले त्रिपोलीको मिटिगा अन्तर्राष्ट्रिय विमानस्थलबाट रोमको लियोनार्डो दा भिन्ची-फियुमिसिनो अन्तर्राष्ट्रिय विमानस्थलका लागि १० वर्षपछि पहिलो उडान भरेको हो ।

मेडस्की एयरवेजले आफ्नो फेसबुकमार्फत् सार्वजनिक जानकारीमा शनिबार र बुधबार त्रिपोली र रोमबीच दुईतर्फी उडान गर्ने घोषणा गरेको छ ।

यसैबीच, लिबियाको यातायात मन्त्रालयले दुई देशका नागरिक उड्डयन प्राधिकरणले नागरिक उड्डयन सहयोग र हवाई यातायातसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको जनाएको छ । त्रिपोलीमा भएको यस सम्झौताले दुई देशका वायुसेवा कम्पनीलाई चार्टर र नियमित उडान सञ्चालन गर्न सहजीकरण र प्रोत्साहन गर्ने मन्त्रालयले जनाएको छ । रासस÷सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?