एमाले कोशी अध्यक्षमा खतिवडालाई सुरुवाती अग्रता

हिमालय टाइम्स
Read Time = 1 min

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको नेतृत्वका लागि भएको मतदानको गणना सुरु भएको छ।‌

प्रारम्भीक मत परिणाम अनुसार एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडाले अग्रता लिनुभएको छ ।

पछिल्लो मत परिणामअनुसार खतिवडाले १४१ मत र अर्का प्रत्यासी  विनोद ढकालले १२१ मत ल्याउनु भएको छ ।

निर्वाचन अधिकृत  चुडामणि आचार्यले‌ मतगणना गरेर आजै राति सकिने बताउनु भयो।‌ आइतबार भएको मतदानमा ९७७ मत खसेको थियो। आइतबार साँझदेखि सोमबार विहानसम्म भएको मतदानको आज ढिलो गरी मत गणना सुरु भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?