सिटिजन्स र गुरु ट्राभल्सबीच सहकार्य

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र गुरु ट्राभल्स लिमिटेडबीच सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले गुरु ट्राभल्समार्फत् विभिन्न अन्तर्राष्ट्रिय भ्रमण प्याकेज लिँदा १० हजार रुपैयाँसम्म छुट पाउनेछन् ।

साथै गुरु ट्राभल्सको सिफारिसमा डलर/ट्राभल्स कार्ड बनाउन आउने ग्राहकलाई बैंकले कार्ड जारी शुल्कमा आकर्षक छुट दिने भएको छ । दुवै संस्थाको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?