काठमाडौं । स्टार क्रियशन फिल्म एकेडेमीको शुभारम्भ गरिएको छ । एकेडेमीमा अभिनय, नृत्य, सम्पादन, छायांकन, भिएफएक्सका कक्षाहरू सञ्चालन हुने फिल्म एकेडेमीको शुभारम्भ गरिएको हो ।
चाबहिल सरस्वती नगरमा शुभारम्भ गरिएको एकेडेमीको उद्घाटन कार्यक्रममा थुप्रै सिनेकर्मीको साथमा शंखरापुर नगरपालिकाका प्रथम मेयर सुवर्ण श्रेष्ठको उपस्थिति थियो ।
राजधानी काठमाडौंमा कला क्षेत्रमा भविष्य बनाउन चाहनेहरूका लागि तालिमसँगै काम गर्ने अवसर प्रदान गर्ने योजना र कक्षाका साथै यहाँबाट उत्पादन भएका विद्यार्थीलाई अवसर दिने सञ्चालक राजु श्रेष्ठले बताउनुभयो । एकेडेमी राकेश श्रेष्ठ र राजु श्रेष्ठको लगानीमा खुलेको हो । एकेडेमीको बुद्धि तामाङ, सुरवीर पण्डितले रिवन काटेर औपचारिक शुभारम्भ गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच