यस्तो छ–आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौ। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ८४ पैसा र बिक्री दर १३३ रुपैयाँ ४४ पैसा रहेको छ भने युरो एकको खरिद दर १३९ रुपैयाँ १२ पैसा र बिक्री दर १३९ रुपैयाँ ७५ पैसा कायम भएको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ १५ पैसा र बिक्री दर १६० रुपैयाँ ८८ पैसामा कायम हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८३.७० रुपैयाँ र बिक्री दर ८४.०८ रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ७९ पैसा र बिक्रीदर ९७ रुपैयाँ २३ पैसामा कारोबार गर्न सकिनेछ ।

जापानिज येन १० को खरिदमा ८ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८ रुपैयाँ ९० पैसाले भाउँ पाउँदा दक्षिण कोरिया वन १०० को खरिदमा ९ रूपैयाँ ७६ पैसा र बिक्री दर ९ रूपैयाँ ८१ पैसा कायम गरिएको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४३ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५८ रुपैयाँ रहेको तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१२ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२५ रुपैयाँमा खरिदबिक्रीको अनुमति दिएको छ ।

साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२९.४४ पैसा विक्रीदर ४३१.३८ पैसा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?