काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले कारोबार व्यवस्थापन प्रणाली मर्मत गर्नुपरेका कारण सेयर बिक्री गर्ने लगानीकर्ताको भुक्तानीमा ढिलाइ हुन गएको जनाएको छ । एसोसिएसनले माघ ३ र ४ गते भएको अधिक कारोबारका कारण टिएमएसमा समस्या आएपछि भुक्तानी गर्न ढिला भएको जनाएको हो । ब्रोकरले सेयर बिक्रीबापत ब्रोकर कम्पनीको खातामा प्राप्त भएको रकम बिक्रीकर्ताको बैंक खातामा विद्युतीय प्रणालीमार्फत् पाउने व्यवस्था गर्दै आएका छन् । तर, केही दिनदेखि लगानीकर्ताले बिक्री गरेको सेयरको रकम समयमैै प्राप्त गर्न नसकेको गुनासो गरेपछि स्पष्टीकरण दिएको हो ।
एसोसिएसनका अनुसार समयमै भुक्तानी हुन नसक्नुमा माघ ३ र ४ गते ठूलो परिमाणमा तथा धेरैपटक सेयर कारोबार भएकाले पनि जटिल भएको हो । माघ ३ गतेको नियमित राफसाफ माघ ५ गते भए पनि माघ ४ गते बेलुकाबाट ट्रेड म्यानेजमेन्ट सिस्टम टिएमएस मर्मतका लागि बन्द भएका कारण टिएमएसमा माघ ७ गतेमात्र बिल जेनेरेट गरेको हुनाले पनि ढिला भएको हो । माघ ४ र ५ गते राफसाफ भएका बिलको भुक्तानी माघ ७ गतेदेखि मात्र प्रोसेसिङ गर्न सकेको एसोसिएसनले जनाएको छ ।
टिएमएस मर्मतपछि उक्त प्रणालीमार्फत् विद्युतीय माध्यमबाट भुक्तानी प्रक्रिया गरिएका कतिपय कारोबार केही दिनसम्म पनि प्रोसेसिङमै रहेकाले पनि रकम जम्मा नभएको एसोसिएसनको दाबी छ । दैनिकरूपमा धेरै कारोबार भुक्तानीका लागि प्रोसेसिङ गर्दा अधिकांश रकम भुक्तानी भए पनि कतिपय भुक्तानीतर्फ बैंक विवरण ठीक हुँदाहुँदै पनि इनभ्यालिड भई पुनः प्रोसेसिङ गर्नुपर्दा पनि ढिला भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच