विगत केही वर्षदेखि नेपालमा जे गर्नुपर्ने हो त्यो भएको देखिँदैन जे नहुनुपर्ने हो त्यो चाहिँ सरकारकै निर्देशन र नियन्त्रण तथा निगरानीमा भइरेहेका छन् । सिंगो देशमा अराजकता छाएको छ । मन्त्री पनि छन् प्रधानमन्त्री पनि छन् । सांसद पनि छन् र संसदीय समितिहरू पनि छन् केबल देखाउन र भत्ताका नाममा देशको ढिकुटी रित्याउन । मुलुकमा अदालत पनि छ नै तर देश लोहासुरको राजधानीमा परिणत भएको छ । हिमाल, पहाड र तराई सबैतिरका साधारण जनताले सरकार तथा विधि नभएको अनुभव गरेका छन् । सरकारमा संलग्न पार्टीका पनि आआफ्ना खेमाका मान्छेका लागि स्वर्णराज्य सञ्चालन गरेको देखिन्छ ।
देशमा भएका सबै पार्टीमा नेतैपिच्छेका खेमा पनि छन् । जो सत्तामा गयो त्यसले सबै अवसर पायो, जो सत्ताभन्दा बाहिर बसेको छ उसले जीवनका आधारभूत कुराको पनि सधैं अभाव र रिक्तता व्यहोर्न तयार भएर बाँच्नुपर्छ नेपालमा । यो प्रथा अस्ति पाँडे र थापाले चलाएथे । त्यसैबेलादेखि राजा र रानीका बीचमा पनि आआफ्ना खेमाबन्दीका चिन्तनले कहिले कसैलाई डाँडो कटाउने त कहिले कसैलाई जेल हाल्ने काम गरिएका थिए । इतिहास पढे यस्ता दृश्यावली सामान्य हुन्छन् । त्यसपछि आएर राणा राणाका बीचमा काटमार, डाँडो कटाइ सुरु भयो । २००७ सालको क्रन्तिपछि पनि यो प्रथा बन्द भएन । कहिले कुनै सद्वृत्तिको प्रधानमन्त्रीले यस प्रकारको आफ्नो र बिरानो नगर्दा पनि अवसर नपाउनेले खेमाबन्दी गरि नै रहेका हुन्थे ।
जिल्लाका प्रशासक किन राखेको ? प्रमुख जिल्ला अधिकारी संविधान अनुसार चल्ने कि संविधान अनुसार पालनीय कुरामा पनि रामरमिते बनेर बस्ने ? देशको प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन बेगर प्रजिअले यस प्रकारको आचरण गरेर बस्नु सम्भव छ ?
यसको राम्रो नमुना हुन् देवशमशेर राणा । यसरी हेर्दा सरकार बिरासतमा चल्दोरहेछ भन्ने नै सिद्ध हुन्छ । बिरासत राम्रो पनि र नराम्रो पनि हुन्छ नै । २००७ सालको क्रान्तिपछि पनि सत्ताका र सरकारका खेल बहुरुपियाकै तहमा चले चलाइए । २०१५ सालको आमनिर्वाचनका परिणामलाई १६ महिना पनि अमनचयनले चलाउन दिइएन । त्यस बेलाको सरकाले नगरी नहुने काम गरेका अपराधमा दोष प्राणित बेगरै जरैदेखि सैन्यबल प्रयोग गरी जनताले छानेको सरकारलाई विघटन गरेर व्यक्ति सनके शासन लादियो । जनता भेडे रमितामा सामेल भए । आजका दिनसम्म नै नेपाली जनताले भेडा, गधा र खच्चडको भन्दा गतिलो भूमिका निर्वाह गरेको देखिएन ।
जसले जित्छ त्यही मेरो पोइ भन्ने रूपासे मनोवृत्तिबाट नेपाली आमजनता कहिल्यै पनि माथि उठेर देशको असली स्वामी हामी हौं भन्ने महसुस गरेनन् । सधैं दास र अनुचरै रहे । ठूलो संघर्ष गरेर ल्याएको भनेको प्रजातन्त्र पनि केही जाली, जुलुमी र दाउपेच खेल्न र रच्न जान्ने राजनीतिका साँढेका हातको ढुकुर भयो । धर्म प्रचारका लागि भ्याटिकन सिटीले पठाएका डलरमा बिकेर गिरिजाप्रसाद कोइरालाका मुखमा भोटे ताल्चा उनकै छोरीले लाइन् भन्ने कुरो सर्वत्र चर्चामा छ ।
नेकपा एमालेमा पनि कोही केही त गाई पूज्ने संस्कार संस्कृति मान्ने थिए होलान् तर तिनीहरूले पत्तै पाएनन् उनीहरूकै सभामुखले डलर बोरामा थन्क्याएर पूर्वतिरका एकजना सिटौला थरका त्यस बेलाका कांग्रेसका शक्तिशाली मान्छेलाई मिलाएर ‘सनातन धर्म भनेको कस्तो हो भने यदि कुनै नारी सय जना पुरुषसँग सहवास गरेर पनि सन्तान पैदा गर्दिन र कसैकी श्रीमती बनेर बसेकी छैन भने त्यो अक्षता कन्याकुमारी नै मानिन्छे भनेजस्तै गरी यो संविधान अनुसार सनातन धर्म संस्कृति पनि मानिनेछ भनेर विशेष टिप्पणी संविधानमा नै गरेर धार्मिक अभियन्ताका आँखामा धूलो हाल्न सफल भए ।
उनै थिए संविधान मस्यौदा समितिका संयोजक । यसरी जनताको सर्वोच्चता स्थापित गर्न ल्याइएको खुलातन्त्र पनि केही व्यक्तिका लोभ र हिजडापनले आजको विसंगत अवस्थामा परिणत गरायो । अहिले बेलाबेला धर्म संस्कारका पक्षमा बोल्ने तर हिम्मतका साथ ९२ प्रतिशत जनताका पक्षमा उभिन डराउने नेता नौ घडी भद्रा छ भनेर मुखमा पानी राखेर बस्ने । राजनीतिमा पकड र जनताका मनमा भरोसा भएका दुईजना नेताहरूका आपसी कुकुर र बिरालाको आचरणले देश दिनप्रति दिन भासमा धसिँदैछ । कांग्रेसले काँधमा बोकेका प्रधानमन्त्रीकै निर्देशन र संरक्षणमा आज दिनदहाडै गाई काटेर संविधानमा आगो लाउँदा पनि ती अपराधी समातिँदैनन् तिनलाई कानुन बमोजिम कारबाही भएको देख्न पाइएको छैन ।
जिल्लाका प्रशासक किन राखेको ? प्रमुख जिल्ला अधिकारी संविधान अनुसार चल्ने कि संविधानअनुसार पालनीय कुरामा पनि रामरमिते बनेर बस्ने ? देशको प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशन बेगर प्रजिअले यस प्रकारको आचरण गरेर बस्नु सम्भव छ ? यस्तो घामजस्तो पारदर्शी कुरालाई पनि सत्तालोभमा ¥याल काडेर, आँखा चिम्लेर बकुल्लाले माछो ढुके झैँ सत्तासयरको अवसर कुरेर बस्ने ? यही हो कांग्रेसको विश्वविख्यात नीति ? यही हो कांग्रेसको धर्म, संस्कृति परम्परित सनातनदेखि जनताले पालन गर्दै आएका कुरामा खलल पारिने छैन र पार्न पनि दिइने छैन भन्ने नीतिको अनुपालन ? देशका अति दक्षिणपन्थी र उग्रवामपन्थीलाई सन्तुलनमा मिलाउने इतिहासको कालखण्डदेखि कांग्रेसले निर्वाह गरेका भूमिकाको अनुपालन भनेको यस्तो हुँदोरहेछ हगि ।
दिनको तीनपटक बिहान, बेलुका र मध्याहृनमा आफ्नो बोली बदल्ने प्रधानमन्त्री, देशको प्रधानमन्त्रीका कुर्सीमा बसेर जातीय राज्य दिन्छु मेरा पार्टीलाई जिताउनुस् भन्न अलिकति लाज लागेन प्रधामन्त्रीज्यू ? देश तपाईंका पार्टीको बिर्ता हो ? भारतमा जाँदा भेष बदलेर धार्मिक परिधान धारण गर्ने ? चीनमा जाँदा बख्खु लाएर कम्युन सरकार ल्याउन मद्दत माग्दा जुन छवि तपाईंको देखियो त्यसले तपाईंलाई सिद्धान्तनिष्ठ नेता देखायो होला कि छेपारे चरित्रको बोली र आचरणको भरोसा नभएको सत्ता र शक्तिको पुत्ला देखायो होला विचार गर्नुभएको छ ? तपाईंका विचारको समर्थन गर्ने तर सत्ता र शक्तिका लागि पृथक पार्टी सञ्चालन गर्दै आएका एकजना गोरखाली र अर्का एकजना रौतहटेका बुद्धिमा कतिन्जेल तमासा देखाउनुहोला र ?
राष्ट्रिय पुँजीको सदुपयोगविना देश धनी हुँदैन भन्छन् कम्युनिष्टहरू । यो कुरो चाहिँ सत्य बोलेका हुन् जस्तो लाग्छ मलाई पनि । आफ्नै खेत जोतेर नउब्जाइकन र आफ्नै गोठको भैंसी नब्याएसम्म मीठो खाने कल्पना साकार गराउँन सकिँदैन ।
अति चाँडो पाँच खुट्टेले चरित्र सुधारेर गाई काट्न, चिकित्सक कुट्न, शिक्षकलाई अपमानित गर्न, विश्वविद्यालयलाई भागबण्डाका नाममा बिलो बाँडेर भान्सा गर्न बन्द गरेर जनताका पीर मर्का बुझेर सरकार सरकार जस्तो बनेर प्रकट नहुने हो भने अब नेपाली जनताले पनि विदेशमा पुगेर कमाएर रेमिटेन्सबाट घर र देश चलाउने होइन यस प्रकारका राजनीति गर्ने लुटेराको उच्छेद गर्ने हिम्मत बटुल्नु जरुरी छ । भारी बोकेर, भेडा चराएर, अर्काको निजी नोकर बनेर कमाएका धनले धनी पनि भईंदैन र व्यक्तिको चाकरी गर्ने चाकर जीवनमा मालिक बन्न पनि सक्दैन । कम्युनिष्ट इतिहासदेखिका फटाहा र धोकेवाज नै हुन् विश्वकै सन्दर्भमा तर पनि कहिले काहिँ एकाद कुरा बुद्धि बिग्रेका कम्युनिष्टले सही पनि बोल्दारहेछन् ।
राष्ट्रिय पुँजीको सदुपयोगविना देश धनी हुँदैन भन्छन् तिनीहरू । यो कुरो चाहिँ सत्य बोलेका हुन् जस्तो लाग्छ मलाई पनि । आफ्नै खेत जोतेर नउब्जाइकन र आफ्नै गोठको भैंसी नब्याएसम्म मीठो खाने कल्पना साकार गराउँन सकिँदैन । आफैं नमरी स्वर्ग देखिँदैन भनेर उखानले त्यत्तिकै भनेको होइन । अर्ती भनेको घर्तीको पनि सुन्नु भन्छन् । हाम्रा राजनीतिक दलले संविधान निर्माण गर्दा पनि जनताले दिएका सुझावका आधारमा भन्दा चोचोमोचो मिलाएर संविधान बनाएका कुरा बाहिरिएका छन् । अतः अब जनताले संविधान सभालाई दिएका सुझावको पोको खोलेर ती पोकामा भएका जनताका कुरा केलाएर इमानदारीपूर्वक संविधान मिलाउने र संशोधन गर्ने काम गर्न जनताले दबाब दिने बेला आएको छ । बीचको तह (प्रदेश) को औचित्य सावित भएको छैन र गर्न सकिने अवस्था पनि देखिएको छैन ।
अतः संविधान संशोधन गरेर प्रदेश तह खारेज गरेर स्थानीय तहलाई अधिकार सम्पन्न बनाएर संघीय तह र स्थानीय तहको मात्र व्यवस्था गरी विचका तहमा खर्च हुने तलब भत्ता गाडी घोडाको खर्च स्थानीय विकासमा लाएर जनताका सुखसुविधा सिर्जना गर्नु राम्रो हुने देखिएको छ । यस प्रकारको व्यवस्था नमिलाएर अहिलेकै अवस्थामा राखेर युवायुवतीलाई विदेश धपाउने हो भने यो राजनीतिक दलको बदमासी हो भनेर जनताले बुझ्ने छन् ।
अहिले सत्ता टिकाउन संविधान मिच्ने, आफन्तलाई पद र हैसियत दिन नानाभाँतीका जुन खेल खेलिएका छन् त्यसले गर्दा आमजनता यो राजनीतिक पद्धतिप्रति नै विकर्षित भएर उदासीन हुन लागेको देखिन्छ । सयौं सहिदकाप्रति गद्दारी गरेको पनि मानिन सक्छ भोलि । अतः बेलैमा सचेत भएर जनउत्तरदायी बन्न सकेनन् राजनीतिक दलहरू भने राजसंस्था मासिए झैं अहिलेको व्यवस्थालाई पनि दशा लाग्न सक्छ । जनताको उभार आउनुभन्दा पहिले नै जनता चाहना अनुकूल काम गर्नु जरुरी भएको छ ।
धर्मको क्षेत्र, संस्कार संस्कृतिको क्षेत्र, शिक्षाको क्षेत्र, प्रशासन क्षेत्र सबैतिर खग्रास मनपरीतन्त्रको जालो लागेको छ । यसलाई परिशोधन नगरे अहिले जसरी पनि सत्तामा पुग्न सफल देखिएकालाई नै साँढेसातका दशा लाग्नेवाला छन् । अब फेरि सन्त महन्त सुधु सेठले सडकमा आउनु नपरोस् राजनीतिकर्मीमा चेतना छ भने । अन्यथा हातको चरो उडेपछि पश्चाप गरेर केही पनि हात लाग्दैन ।
दलहरूले जन चाहनानुसारको आचरण प्रदर्शन गर्न नसकेको र जनताका सुख सुविधामा ध्यान नदिँदाका परिणामले देशमा अनन्त अस्थिरता ननिम्त्याओस् भन्ने कुरामा सचेत हुनु जरुरी छ । श्रीलंगकाली जनताले गरेको अभ्यास यो आउँदो फागुन चैतमा नेपाली जनताले पनि निश्चित गर्नेछन् । यसबीचमा केही पहाडी जिल्ला र केही तराई र भित्री मधेसका जिल्लाका गाउँमा मैले यस्तै कुराको सन्देश पाएको छु । जुँगा चल्यो कुरो बुझ्यो है त ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच