सामान्य बन्दै नेपालगञ्जकाे अवस्था

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 4 mins

बाँके । मंगलबार दिउसो १ वजेदेखी जारी गरिएको अनिश्चितकालिन कर्फ्युकाविच नेपालगञ्ज शान्त बन्दै गएको छ । विहानै मनिङ्गवाकमा निस्किएकाहरुलाई प्रहरीले सम्झाउदै घर पठाउने काम गरेको थियो भने अहिले मुख्यबजार पुर्ण रुपमा बन्द रहेको छ ।

सिमा क्षेत्रमा अलपत्र परेकाहरुका लागि गन्तव्य सम्म पुग्नका लागि प्रहरीले विशेष व्यवस्थामार्फत् कर्फ्यु लागेको क्षेत्र भन्दावाहिर पठाउने काम गरिरहेको छ । मंगलबार दिउसो १ वजे देखि कर्फ्यु लागेपछि कुनै पनि अप्रिय घटना नभएको सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी टोपेन्द्र बहादुर केसीले हिमालय टाइम्सलाई बताउनु भयो । उहाँकाअनुसार अवस्था सामान्यबन्दै गएको छ ।

बाँकेमा सामाजिक सद्भाव बिथोलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले मंगलबार दिउसो १ वजेदेखि लागु हुने गरी नेपालगञ्ज बजारमा अनिश्चितकालिन कर्फ्युको जारी गरेको थियो । स्थायिन प्रशासन ऐन, २०२८ को दफा ६ क १ ३ बमोजिम कर्फ्यु आदेश जारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी एंव सूचना अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनु भयो ।

उहाँकाअनुसार आदेशलाई उल्लघंन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले आवश्यकता अनुसार बल प्रयोग गरी कानून बमोजिम कारबाहि समेत गर्न सक्नेछन । मंगलवार दिउसो १ बजेखेखि अनिश्चितकाल सम्मको लागि कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु पुर्वमा राप्तीनदिको पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझाचोक सम्म र दक्षिणमा जमुनाह नाका सम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

कर्फ्यु अवधिभर तिनाका भित्र भेलाहुने, सभा समारोह गर्न, जुलुस र्‍यालीगर्न, हुलहुज्जत गर्न र हिड्डुल गर्न समेत नपाइने बताइएको छ । नेपालगञ्जमा केहि दिन देखि धार्मिक सद्भाव खलबलिने गरी भैरहेका क्रियाकलापलाई स्थानिय प्रशासनले नजिकबाट नियालिरहेको थियो ।

मंगलबार विहान ओमकार परिवार हिन्दु समाजले निकालेको र्‍यालीको क्रममा विवाद उत्पन्नहुँदा नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पत्ति तोडफोड, ढुंगामुडा प्रहार, उच्छृ‌ंखल गतिविधिलगायताका विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एंव शान्ति भंग हुन जान सक्ने स्थिति देखिएकोले कफर्यु आदेश जारी गरिएको जनाइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?