सेयर बजारमा सामान्य सुधार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । साताको चौथो दिन बुधबार नेप्से ९.२४ अंकले बढेर १९६७.९७ अंकमा पुगेको छ । यस दिन दुर्ई सय ८४ कम्पनीका ४३ लाख २३ हजार २१ कित्ता सेयर एक अर्ब १८ करोड ९९ लाख ३१ हजार तीन सय ८५ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ समूहको सूचक सामान्य अंकले घटेको छ भने बाँकी समूहको सूचक बढेको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको सूचक १.५२ र जलविद्युत् समूहको १.३७ प्रतिशतले बढेको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । तर, समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६१ प्रतिशतले घटेको छ ।

सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सको छ करोड ९३ लाख ६३ हजार एक सय २२ बराबरको कारोबार भएको छ भने कारोेबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै नबिल ब्यालेन्स फण्ड-२ को तीन लाख १५ हजार चार सय २२ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?