स्वदेश फर्कियाे राष्ट्रिय क्रिकेट टिम

हिमालय टाइम्स
Read Time = 2 mins

काडमाडौं । चीनमा जारी १९ औँ एशियाली खेलकुद प्रतियोगितामा सहभागी भइ नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

क्वार्टरफाइनलमा भारतसँग पराजित भएको नेपाली क्रिकेट टोली बिहीवार मध्यान्ह नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको हो । स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सोचेजस्तो नतिजा नआएपनि खेल राम्रो भएको बताउनु भयो ।

उहाँले अन्तिम ओभरमा फिल्डिङमा कमजोरी भएकाले भारतसँग हार व्यहोर्नुपरेको बताउनु भयो । उहाँले विश्व रेकर्ड बन्दा टिम धेरै नै खुशी भएको बताउनु भयो । आउने दिनमा बलिया देशहरुसँग खेल्न पाए र झनै अभ्यास गर्न पाए खेल्न सहज हुने बताउनु भयो । टि २० विश्वकप छनोटमा ५ वटै खेल फाइनल सरह रहेको बताउनु भयो ।

त्यस्तै क्रिकेटर दीपेन्द्र सिंह ऐरीले रेकर्ड तोड्न पाउँदा धेरै खुशी भएको बताउनु भयो । उहाँले अहिले टिम एकजुट भएर खेलिरहेको बताउनु भयो । अनुभव बटुल्ने मौका भएकाले आगमी खेलमा झनै राम्रो गर्ने बताउनु भयो ।

एसियाड गेममा सहभागी भइ स्वदेश पर्किएको नेपाली क्रिकेट टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ब्याण्ड बाजासहित स्वागत गरिएको थियो । एशियन गेम्समा नेपाल भारतसँग क्वार्टरफाइनलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । पहिलो खेलमा मंगोलियामाथि फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई फराकिलो अन्तरले पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?