डिसएबल्ड स्टुडेन्टलाई शाओमीको सहयोग

Read Time = 2 mins

काठमाडौं । शाओमीले डिसएबल्ड स्टुडेन्ट एसोसिएसनलाई सांगीतिक उपकरण र खेलकुद सामग्रीहरू उपलब्ध गराएको छ । शाओमी नेपालले समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रियरूपमा अप्ठेरोमा परेकालाई मद्दत सहयोग गर्दै आएको जनाएको छ ।

सो अवसरमा शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘सधैँ हामीले काम गरेको समुदायको उत्थान गर्ने कुरामा विश्वास गर्छौं । व्यापारका साथसाथै समुदायप्रतिको हाम्रो दायित्वबारेमा हामी सचेत छौं । चाडपर्व नजिकिँदै गर्दा दुःखमा परेकालाई सहयोग गर्ने योभन्दा राम्रो अवसर अरू के होला ? विद्यार्थीसँग समय बिताउन पाउनु हाम्रा लागि एउटा फरक अनुभव थियो । अप्ठेरोमा परेकालाई हामी निरन्तर सहयोग गर्नेछौं र यो हाम्रो सानो प्रयासले निकट भविष्यमा सकारात्मक नतिजा ल्याउनेछ भन्ने मलाई विश्वास छ ।’

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर पण्डाले डिएसए स्कुलका प्रिन्सिपल दयाराम महर्जनलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो । कम्पनीले आत्मरक्षा सीप निखार्न खेल सामग्रीका साथै संगीतका लागि हर्मोनियम, धिमे, सारंगी र तबलाजस्ता सांगीतिक यन्त्र हस्तान्तरण गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?