श्रीलंका जाने भलिबल टोलीलाई बिदाइ

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । श्रीलंकामा आयोजना हुने काभा पुरुष भलिबल च्याम्पियनसिप २०२३ मा प्रतिस्पर्धा गर्न जाने नेपाली पुरष भलिबल टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव प्रकाशकुमार कुसारीले शुक्रबार बिदाइ गर्नुभयो । च्याम्पियनसिप अशोज २२ देखि २८ गतेसम्म आयोजना हुनेछ ।

नक्सालस्थित क्राउन प्लाजामा आयोजित कार्यक्रममा निमित्त सदस्य सचिव कुसारीले नेपाली खेलाडीहरूको खेलस्तर उच्चस्तरको रहेको भन्दै प्रतियोगिता जितेर आउनका लागि शुभकामना दिनुभयो ।

उहाँले खेलाडीहरूको खेलस्तरमा निकै नै वृद्धि भएको भन्दै प्रतियोगितामा सफलता हात पार्नेमा आफू विश्वस्त रहेको र खेलाडीलाई विमानस्थलमा भव्य स्वागत गर्न आतुर रहेको बताउनुभयो । यस्तै उहाँले राष्ट्रिय खेलकुद परिषद् नेपालको राष्ट्रिय खेल भलिबलको विकासमा सदा दत्तचित्त रहेर अगाडि बढेको बताउनुभयो ।

बिदाइ कार्यक्रमका दौरान नेपाली भलिबलको खेलस्तर अभिवृद्धि गर्न पु¥याएको योगदानको कदर गर्दै नेपाली टिमका हेड कोच हान आविङ्गलाई प्रशंसापत्र प्रदान गरिएको थियो । आविंग अन्तर्राष्ट्रिय भलिबल महासंघको सहयोगमा नेपाली टोलीको प्रशिक्षणका लागि नेपालमा रहनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?