नबिल सेक्युरिटिजको सिइओमा देवकोटा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्युरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त हुनुभएको छ । कम्पनीको सञ्चालक समितिले देवकोटालाई चार वर्षका लागि नियुक्त गरेको हो ।

दुर्ई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नुभएका देवकोटा यसअघि नबिल बैंकको प्रमुख लगानी अधिकृतका रूपमा कार्यरत हुनुहुन्थ्यो । बैंकिङ करियर २०६२ सालमा नेपाल बैंकबाट सेवा सुरु गर्नुभएका देवकोटा १५ वर्ष नेपाल बंगलादेश बैंकमा कार्यरत हुनुहुन्थ्यो ।

व्यावसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट उहाँ नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्वसदस्यसमेत रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?