काठमाडौं । इसेवा मनि ट्रान्सफर र मलेसियाको सिबिएल मनि ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सिबिएल मनि ट्रान्सफरका १५ शाखा वा मोबाइल एपबाट नेपालमा इसेवा मनि ट्रान्सफरमार्फत् रेमिट्यान्स पठाउन सक्नेछन् ।
साथै सिबिएल मनि ट्रान्सफरबाट पठाएको रेमिट्यान्स इसेवा मनि ट्रान्सफरका १३ हजार आठ सयभन्दा बढी भुक्तानी केन्द्र, बैंक तथा वित्तीय संस्था तथा इसेवाका एक लाखभन्दा बढी क्यास प्वाइन्ट र ७५ लाखभन्दा बढी प्रयोगकर्ताले वालेटबाट सहजै प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । सम्झौतामा इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र सिबिएल मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गर्नुभएको हो ।







राज्यको धरपकडले निजी क्षेत्र त्रसित
विष्णुपुराण संक्षिप्त चर्चा
हात्ती आयो हात्ती आयो फुस्सा
नेपालीमूलका रानाभाट दम्पती बेलायतको लन्डन
निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको
साहित्य परिषद् भूटानको अध्यक्षमा खेम