आधुनिक शल्यहरूले सनातन धर्मको रक्षामा साथ देलान् ?

मणि शर्मा
Read Time = 16 mins

दक्षिण एशियामा सबैभन्दा बढी भ्रष्ट देशमा नेपाल सर्वप्रथममा परेको छ । भ्रष्टाचार गर्नेमा सरकार, नेता, स्थानीय निकायहरू, प्रहरी, प्रशासन, आयोगहरू, न्यायाधीशलगायतको नाम आएको छ । सांसद अमरेशकुमार सिंहले एउटा अन्तर्वार्तामा भनेका थिए एकजना नेताको घरमा एक खर्ब रुपैयाँ भएको भिडियो उनीसँग छ । प्रहरीले सूचना पाएर छापा मार्न जाँदा कुनै प्रहरी अधिकृतले यो सूचना ती नेतालाई दिएपछि ती नेताले पैसा जति लुकाइसकेका थिए तर उनले नेताको नाम भनेनन् । नेताहरूसँग खर्बौं रुपैयाँ छ तर जनतालाई बिहान बेलुका छाक टार्न गाह्रो छ ।

सरकारले बिचौलिया र काला बजारियासँग मिलेर मूल्यवृद्धि गरेको छ । जनतालाई सीमापारिबाट सस्तो रासनपानी ल्याउँदा भन्सार लाग्छ तर प्रहरी स्वयं भ्यान नै लिएर गएर पारीबाट सामान ओसार्छन्, कालाबजारियाहरू पारिबाट निर्वाध सामान ल्याइरहेका छन् तर सास्ती जनतालाई । देश अधोगतितिर गएको छ, व्यवस्था असफल भइसकेको छ । यस्तै अवस्था रहिरहृयो भने भोलि देश टाट पल्टिन बेर छैन । यदि देश आर्थिक रूपमा बलियो नभएर देश टाट पल्टिएको स्थिति आयो भने नेता तथा दंगाग्रस्त जनता भाग्न बाध्य हुनेछन् । नेता र बिचौलिया आदिसँग खर्बौं रुपैयाँ छ, राष्ट्र लुट्नेहरूसँग अकुत सम्पत्ति छ, देश आत्मनिर्भर छैन, सधैं विदेशीको अगाडि हात फैलाएर ऋण र अनुदानको भिख मागेर धानेको छ, देशको राष्ट्रियता, अस्मिता, स्वतन्त्रता परनिर्भर भएको छ ।

सत्तामा विदेशीका कठपुतलीहरू हुने गरेका छन् । यस्तो अवस्थामा नेता जनताको पनि के इज्जत छ ? हाम्रा नेताहरूले आफू स्वयंले इमानदार भई देशको हितमा कडा निर्णय गर्न तथा कडा कदम चाल्न नसकेकाले हाम्रो देश अराजक तत्वको हातमा गएको छ, अराजक तत्वबाट देश सुरक्षित हुन सक्दैन, न त समृद्ध नै हुन सक्छ । कुनै व्यवस्था आर्थिक र सामरिक रूपमा कमजोर भइसकेको छ, त्यस्तो देश जुन दिन घोर संकटमा पर्छ त्यो दिन शासक वर्ग कि त देश छोडेर भाग्नेछन् वा विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देश हितविपरीत सन्धिसम्झौता गरेर देशलाई खाडलमा जाक्नेछन् । देश नरहे न हामी हुनेछौं न नेता र न व्यवस्था नै हुनेछ । यी सबै अवस्था अहिले नेपालको छ । यहाँ देशभक्त नेताहरूले होइन कि भ्रष्टहरूले शासन गरिरहेका छन् ।

अहिले जनतालाई देशको समस्याबाट विमुख पार्न, भ्रष्टाचारका मुद्दाहरूलाई विषयान्तर गर्न, एमसिसीलगायत विदेशीको षड्यन्त्रलाई सफल पार्न दिई राज्यलाई अस्थिर बनाई शासन गर्न सरकारले जातीय दंगा फैलाउनेलाई प्रोत्साहन गरिरहेको छ । अल्पसंख्यकको नाममा सनातन धर्मावलम्बीहरूमाथि अत्याचार गरिरहेको छ । 

अहिले जनतालाई देशको समस्याहरूबाट विमुख पार्न, भ्रष्टाचारका मुद्दाहरूलाई विषयान्तर गर्न, एमसिसी लगायत विदेशीको षड्यन्त्रलाई सफल पार्न दिई राज्यलाई अस्थिर बनाई शासन गर्न सरकारले जातीय दंगा फैलाउनेलाई प्रोत्साहन गरिरहेको छ । अल्पसंख्यकको नाममा सनातन धर्मावलम्बीहरूमाथि अत्याचार गरिरहेको छ । जुन हिंसात्मक कुरा अल्पसंख्यकले भने सरकारले उनीहरूलाई कारबाही गर्दैन तर सनातन धर्मावलम्बीहरूले भने उनीहरूलाई जेल हाल्छ । यसरी राज्यले धार्मिक तथा जातीय दंगा भड्काउन आगोमा घ्यू हाल्ने काम गरिरहेको छ । यसमा राज्यमात्र होइन विदेशी शक्तिकेन्द्रहरू र धार्मिक संस्थाहरू पनि क्रियाशील छन् । तराईको मदरसाहरूमा हेर्ने हो भने त्यहाँ मौलवीहरू प्रायःजसो इण्डियाबाट आएका छन् ।

एकजना नेपालगञ्जको मुस्लिम मित्रको भनाइ अनुसार इण्डियाबाट एकजना मौलवी आएर भीडलाई उत्तेजित पार्ने काम गरेर इण्डिया फर्केर गएका थिए । अहिले सीमापारि रूपैडिहामा नेपालगञ्जमा दंगा भड्काउन सामाजिक सञ्जाल प्रयोग गरेको अपराधमा रूपैडिहाको इण्डियन प्रहरीले पाँचजना मुस्लिम युवाहरूलाई गिरफ्तार गरेको छ । हिन्दु मुस्लिमबीच हिंसा भड्काउनमा सीमापारिकाको हात छ । तराईका प्रत्येक जिल्लामा आतंकवादी संगठन छन् तर प्रहरी र प्रशासनले तिनीहरूमाथि कारबाही नगरेर प्रोत्साहन दिइरहेका छन् । हिन्दुवादको नाममा राष्ट्रिय स्वंय सेवक संंघ जो नेपालमा हिन्दु सेवक संघको नामले क्रियाशील छ र हिन्दु आवरणमा भएको इसाई मिसनरीबाट चल्ने धार्मिक संस्थाहरू पनि उत्तिकै जिम्मेवार छन् ।

प्रधानमन्त्री दाहालले केही समयअगाडि आगामी चुनावमा माओवादीले बहुमत ल्याए जातीय राज्य दिने घोषणा गरेपछि नेपालमा हिंसा भड्किन थालेको हो । अहिले हिंसा भड्किनमा पुष्पकमल दाहाल प्रमुख जिम्मेवार हुन् भने उनको नीतिमा चल्ने नेपाली कांग्रेस दोस्रो दोषी हो र यो सरकारलाई समर्थन गर्ने दलहरू पनि उत्तिकै जिम्मेवार हुन् । के बीपीको दलले जातीय राज्य चाहेकै हो त ? हत्यारा रिगलको जन्मकैदलाई आममाफी दिने राज्यले कतै उनलाई प्रयोग गरेर नेपालगञ्जामा सनातन धर्मावलम्बीलाई उत्तेजित पारी हिंसा फैलाएको त होइन ?

उनी रिहा हुने र नेपालगञ्जमा हिंसा मच्चिनेमा कुनै सम्बन्ध छैन भनेर भन्न सकिँदैन ? चारैतिर यत्रो दंगा हुँदा सरकारले आँखा चिम्लिएको छ । राज्य संयत्रले जानेको छ दंगा भएपछि विभिन्न राजनीतिक दल, केही सरकारी मौलवी र पण्डितहरूबाट सद्भाव ¥याली निकाल्ने । जबकि विभिन्न दलहरूकै नेताहरूबीच सद्भाव छैन । उनीहरूको सद्भाव भनेको भ्रष्टाचार र देशविरुद्धका सन्धिसम्झौतामा मात्र हुन्छ । यस्तै धर्मयुद्ध सन् १२१२ मा दक्षिणी स्पेनमा भएको थियो । इस्लामिक शासनको सयौं वर्षपछि ख्रिष्टान धर्मयोद्धाले इस्लामबाट मुक्ति पाउन धर्मयुद्ध गरेका थिए । इस्लामधर्मीहरूले ७० प्रतिशत स्पेनीहरूलाई इस्लाम धर्ममा रूपान्तरित गरिसकेका थिए । ग्रेनेडाको अन्तिम किल्ला ख्रिष्टान धर्मावलम्बीले ध्वस्त पारेपछि इस्लामिक शासनको अन्त्य भयो । त्यसपछि चर्चको आदेशमा धर्मान्तरण गरेर मुस्लिम बनेकाहरू आफ्नै धर्ममा फर्किए । जो स्वधर्ममा फर्किन मानेनन् तिनीहरूलाई देश छोडेर जान चर्चले आदेश दियो । त्यो युद्धमा डेढ लाख इस्लामी सेनाको मृत्यु भयो भने दुई हजार स्पेनी सेना हताहत भए ।

यी मकुण्डोधारी सनातन धर्मावलम्बीहरूले आफ्नो सत्यलाई स्वीकार्ने साहस गर्न सकेका छैनन्, कलोको सोझो गर्नमा मग्न छन् । महाभारतको शल्य जस्तै आफ्नो वास्तविकता स्वीकार्दै विधर्मीको नुन खाएकाले नुनको सोझौ गरे तापनि सनातन धर्मको रक्षाका लागि योगदान दिनेछु भन्ने हिम्मत राख्न सक्छन् शल्यका नवअवतरणकर्ताहरूले ?

तर, नेपालमा सनातन धर्मको आवरणमा पश्चिमा मिसनरीको कलो खाएर विभिन्न पसल खोलेका संस्थाहरू सनातन धर्मविरोधी काम गरिरहेका छन् । राष्ट्रिय स्वयंं सेवक संघको नेपाली संस्करण हिन्दु स्वयंसेवक संघ हिन्दुत्वको नाममा इण्डियाको स्वार्थमा काम गरिरहेको छ । त्यस्तै इस्कोन, साइबाबालगायत संस्थाहरू ख्रिष्टान मिसनरीको काम गरिरहेका छन् । महाभारतको युद्धमा दुई जोडी रथि र सारथि प्रसिद्ध थिए । एउटा धर्मको रक्षाका लागि कृष्ण अर्जुनको जोडी र अर्को कर्ण शल्यको जोडी जो अधर्मका साथ थिए । एउटामा सारथि श्रीकृष्ण अर्कोमा नकुल सहदेवको मामा शल्य । पाण्डवलाई साथ दिन आएका शल्य कौरवको नुन खाएकाले कौरवलाई साथ दिन बाध्य भए । अहिले नेपालका शल्यहरू विदेशीको नुन खाएकोले सनातन धर्मको आवरणमा विदेशी शक्ति अर्थात् कौरवहरूलाई साथ दिइरहेका छन् । यिनीहरू विदेशीको नुन खाएर शल्य बनेका छन्, नुनको सोझो गरून् तर के यिनीहरू महाभारतको शल्य जस्तै अधर्मको साथ दिएर पनि धर्मको सेवा गर्ने हिम्मत गर्न सक्छन् ?

माद्र देशका राजा शल्य महाभारतको युद्धमा पाण्डव पक्षबाट भाग लिन आफ्ना सेनाहरू लिएर मत्स्यनगरतिर गइरहेका थिए । कौरवहरूले यो कुरा थाहा पाएपछि शल्य आउने बाटोमा जहाँ–जहाँ उनी बास बस्छन् त्यहाँ त्यहाँ गाँस र बासको राम्रो व्यवस्था गरिदिएका थिए । राजा शल्यले यो गाँसवासको व्यवस्था पाण्डवहरूले गरिदिएको भनी खुशी हुँदै यसको उपभोग गर्दै आए । एकदिन राजा शल्यले गाँसवासको व्यवस्था गरिदिने मान्छेको इच्छा पूरा गरिदिन्छु भनेर सोचेर उनले त्यहाँका सेवकहरूलाई यो व्यवस्था कसले गरिदिएको भनेर सोधे । उनीहरूले यो व्यवस्था राजा दुर्योधनले गरिदिएको भनेपछि एकदिन उनले दुर्योधनलाई बोलाएर सोधे मैले तिम्रो लागि के गर्न सक्छु ? दुर्योधनले भने, मामा, हजुर हाम्रोतर्फ लागेर युद्धमा हामीलाई सहयोग गरिदिनुहोस् । यो सुनेर शल्यले दुर्योधनको नुन खाइसकेकाले उनलाई युद्धमा सहयोग गर्ने वाचा गरे ।

त्यसपछि उनी पाण्डवहरूकहाँ गएर आफूले कौरवको नुन खाएकाले कौरवहरूलाई युद्धमा सहयोग गर्ने वाचा गरेको बताए । यो सुनेपछि युधिष्ठिरले शल्यलाई भने, मामा, हजुरले हाम्रो पनि काम गरिदिनुहोला । यो सुनेर राजाले हुन्छ भनी वाचा गरे । महाभारतको युद्ध सुरु हुनुभन्दा पहिला युधिष्ठिर, भीष्म र द्रोणाचार्य शल्यलाई भेट गर्न गए । त्यहाँ पनि युधिष्ठिरले राजा शल्यलाई आफ्नो काम गरिदिने कुरा सम्झाएका थिए । त्यसपछि युद्धको क्रममा कर्ण र अर्जुनको युद्धमा राजा शल्यले कर्णको सारथी भएर काम गरेका थिए । युद्धस्थलमा उनले कर्णको तेजोवध गरिदिएका थिए । उनले गरेको तेजोवधले कर्णको जित्ने हौसला परास्त हुँदै गएको थियो । अन्ततः अर्जुनले कर्णको वध गरे । कर्णको मृत्युपश्चात् दुर्योधनले शल्यलाई सेनापति बनाइ । अन्तमा युधिष्ठिरसँगको युद्धमा युधिष्ठिरले शल्यको वध गरे ।

पश्चिमा मिसनरी तथा जर्ज सोरसलगायतको कलो आएर सनातन धर्मको आवरणमा सनातन धर्मविरोधी क्रियाकलाप गर्ने के शल्य बन्न सक्लान् ? राजा शल्यले त पाण्डवहरूलाई आफूले कौरवको नुन खाएकाले उनीहरूलाई सहयोग गर्न बाध्य भएको कुरा स्पष्ट रूपमा धर्मराज युधिष्ठिरलाई बताएका थिए । तर, यी मकुण्डोधारी सनातन धर्मावलम्बीहरूले आफ्नो सत्यलाई स्वीकार्ने साहस गर्न सकेका छैनन्, कलोको सोझो गर्नमा मग्न छन् । महाभारतको शल्य जस्तै आफ्नो वास्तविकता स्वीकार्दै विधर्मीको नुन खाएकाले नुनको सोझौ गरे तापनि सनातन धर्मको रक्षाका लागि योगदान दिनेछु भन्ने हिम्मत राख्न सक्छन् शल्यका नवअवतरणकर्ताले ?

अन्ततः शल्यहरू कलोको सोझो गर्दागर्दै पनि समाप्त भएर जानेछन् । तर, आफ्ना पितापुर्खादेखि मान्दै आएको सनातन धर्मको रक्षाका लागि विधर्मीहरूको साथमा रहेर पनि महाभारतको शल्यले धर्मको रक्षाका लागि योगदान दिए झैँ के आधुनिक शल्यहरूले सनातन धर्म तथा राष्ट्रको रक्षाका लागि योगदान दिन सक्छन् ?

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?