
तिलकप्रसाद लुइँटेल
असोज ९ गते मंगलबारको अंकबाट क्रमशः
बाठाको बठ्याइँ सिद्ध हुनका लागि सोझाको आवश्यकता पर्दछ । सयौं बाठाका बीचमा रहेका दुई–चार सोझाले समाज र संस्था जोगाएका हुन्छन् भन्ने देखाउँदै अपकर्म र दिदीको सन्दर्भ ‘यस्ता साना मुद्दामामिला समाधान गर्ने जिम्मा पात्रलाई दिन थालेपछि उसको मान र सान यसै बढ्न लाग्यो । तर, ज्यान मार्नेहरूको बलात्कारमा पर्नेहरूको, मानव बेचबिखन, लागू औषधिमा वा बैंकिङ कसुरका केसहरू भने दिदी आफैं मिलाउन पुग्थिन् । (पृ.२३)’ प्राकृतिक नियमानुसार फलामले फलामलाई तान्दछ र तानिएका फलाममा पनि चुम्ककको गुण केही हदसम्म रहन्छ । त्यसै चुम्बकले सुनलाई तान्दैन र सुनमा चुम्बक दले पनि चुम्बकीय गुण आउँदैन । त्यसैले त जीवनको अपरिहार्य फलाम हो तापनि सुन त्यसभन्दा महँगो मूल्यमा रहेको छ ।
काठमाडौंको चक्रपथमा गुड्ने लोकल बस र राजनीतिक दलको स्वभाव उस्तैउस्तै हुन्छ । सुरु हुँदा निकै तामझामसँग के के न गर्छ होला भन्ने लाग्छ पछि फेरि अघिका जस्तै । चक्रपथका गाडीमा निक्कै शिष्टभाव पहिले देखिए पनि पछि उस्तै दुच्छर स्वभाव देखाउन थाल्छन् । राजनीतिक दलले निकै सुधारका कुरा गरे पनि पछि आफ्नै घर सुधार्ने सुरसारमा लाग्छन् । यही उस्तै उस्तैलाई ‘दुई दलका बीच सम्पन्न सहमति र सहमतिपत्र बारे व्यापक हल्ला भयो । लावन्तीले जिल्ला शाखालाई कुकर्मको पार्टीसँग विलय गराएपछि सज्जनलोक पार्टीका सामु अनेक दलहरूको कुनै हैसियत हुने सम्भावना नै रहेन । (पृ.२९)’ यसरी राजनीतिको खेती कि त पाएको सत्ता जोगाउन खुसामदी र कुटामारी हुन्छ कि त नपाएको सत्ता खोसेर लिन उफ्रीपाफ्री मच्चाइन्छ । आजसम्मको राजनीति र यसका नेता यतिमै सीमित छन्, परिणाम मुलुकको र जनताको अधोगति हुँदै छ ।
राज्यको धन खानमा सेटिङ मिलाउनेहरूको चर्तिकला सबै नेपालीले देखेकै हुन् । राज्यको धनमा फुपूको श्राद्ध गर्न पल्किएकाहरूको सपना जपना नै त्यही छ । सत्ता नपाएकाहरू सत्ता खोस्न र सत्ता पाएकाहरू सत्ता जोगाउने जोगाउनमा एकाग्र चित्तले लागेका हुनाले नेपाली नेपालमा जन्मिए र विदेशी भए ।
राजनीतिकै सेरोफेरोमा देशको व्यवस्था र सामाजिक अवस्था चर्चा गर्दै आजको परिदृश्य, ‘हात जोड्दै विपन्न किसान प्रतिनिधिले भने, हजुर हामीलाई जहान बच्चा पाल्न सारै कठिनाइ छ । पानी छैन, मल र बिउको हाहाकार भयो । अब त गाउँ छोडेर भाग्नु जस्तो छ । केही सहयोग हुन्छ कि ? (पृ.३५)’ यसरी देखाइएको छ । चुनाव अघिका नेताका प्रतिबद्धताको समाप्ति मतदाताका नङमा दलिएको कालो रङजस्तै हो । ती दुवै चुनावपछि बिस्तारै एकै रूपमा खुइलिँदै जान्छन् । यता जनतामा जति संकट खनियो नेताका लागि उति धेरै कमाइको बाटो खुल्छ ।
राज्यको धन खानमा सेटिङ मिलाउनेहरूको चर्तिकला सबै नेपालीले देखेकै हुन् । राज्यको धनमा फुपूको श्राद्ध गर्न पल्किएकाहरूको सपना जपना नै त्यही छ । सत्ता नपाएकाहरू सत्ता खोस्न र सत्ता पाएका सत्ता जोगाउने जोगाउनमा एकाग्र चित्तले लागेका हुनाले नेपाली नेपालमा जन्मिए र विदेशी भए । कुनै गाथगादीको नाममा देशनिकाला हुन्थे, कुनै बेला कतै आरा चिर्न गए, कतै कहिले गाईगोठ पाल्न, कुनै समयमा गोर्खाभर्ती लाहुर खान हुँदैहुँदै यसबेला वैदेशिक रोजगारीमा ।
देशभित्र गाँसबासको जोहो गरिदिन नसक्नु सत्ताधारीले प्रकारान्तरले देशनिकाला गरेकै हुन् । आफ्ना देशबाट लखेटिएपछि कति नेपाली बर्माबाट खेदिए, कति आसामबाट कति भुटानी शरणार्थी बनाइए भने नेपालीहरू यसरी यताबाट उता देशनिकाला हुनकै लागि जन्मिएका भन्ने जस्तो देखियो, यसको मूल कारण भनेको राज्यको व्यवस्था नै हो । यता व्यवस्थामा बसेकाहरूको पनि विदेश जान्छन् भन्ने देखाउँदै ‘मन्त्रीजीको भ्रमणको अवसर त करिब करिब बडादशैँसरह हुने भयो । त्यति रकमले त के पुग्ला ? कतिपय जानकारहरूका मनमा यो प्रश्न नउठेको होइन । तर, सलावजीको आठ लाखमा सबै सहमत भए । (पृ.४८)’ उनीहरू गाँसबास जुटाउन होइन, मस्तीका विदेशभ्रमण गर्छन्, पैसा कमाउन र तस्करी गर्न देशको सीमा कटेर बाहिर जान्छन् ।
भिडमा बसेको मानिस एकोहोरो स्वभावको हुन्छ । बजारमा एउटाको बगली मारियो र उसले चोर चोर भनी कुद्यो भने चोर कता लुक्छ कता तर जसका खल्ती चोरियो, उही अगाडि कुदेको हुन्छ र आखिरमा उसैले भीडको धुलाई खान्छ, यस्तो देखिएकै कुरा हो । कसैले कुरा बुझेर ताली पिटेको होस् वा नहोस्, एउटाले ताली पिटेका ठाउँमा धेरैले ताली बजाउँछन् । वर्तमान समयका राजनीतिक परिपाटीमा मौलाएको यस प्रवृत्तिलाई ‘मन्त्रीजीको प्रत्येक वाणीको मर्म बुझे झैँ उपस्थितहरूको ताली उत्साहपूर्ण थियो । ताली नभए के भाषण हुन्छ र ? मानिसहरू जोशका साथ ताली बजाइरहेका थिए । (पृ.५४)’ यसरी नेता मन्त्री कस्ता हुन् भन्ने कुरो मानिसले बिर्सिएर नेपाली समाजको मनस्थिति आज कसका भन्ने कुरामा केन्द्रित हुन पुगेको छ ।
नेपाली जनताले राजनीतिक नेताहरूको भ्रष्ट र स्वार्थपूर्ण प्रवृत्ति धेरैसम्म बुझिसकेको छ । आफूले दुःख पाएका बेलामा अपेक्षा गरेको सहयोग नेताबाट पाएनन् भने ‘पख्लास यसपालि त तँलाई भोट दिएछु भने’ भन्दै हुन्छन् र चुनावका समयमा उही नेता आफ्ना सामु आयो भने मन पग्लिन्छ, आएन भने आएन भन्दै दुःख मनाउ गर्दै हुन्छन् । आजका नेताको प्रवृत्तिले जताततै आफ्नो फोहोरी हात घुसारेको पनि जानकारी छ र त्यति हुँदा हुँदै पनि जनताले आफू आबद्ध भएको संगठनमा नेताको छत्रछाया खोजेकै छ ।
अरू जुनसुकै कुरामा नेपालको प्राचीन संस्कार र संस्कृति खोज्ने नेपालीको ठूलो जमात पनि राजनीतिको सरोकार भएको कुरा आउँदा संस्कृतिभन्दा पार्टीलाई माथि राखेर हेर्छ भन्ने कुरालाई, ‘उसले थप्यो, पार्टी साहित्य आवश्यक हुन्छ । पार्टीका सबै साहित्य लेख्न कसैलाई दिनु आवश्यक छ । लेखक, साहित्यकारलाई समेत हाम्रो साथसहयोगमा लिनु पर्दछ । (पृ.६२)’’ आफ्ना घरपरिवारमा जुवा खेल्दा कहिल्यै नहार्ने र छिमेकीले जमाएको खालमा खेल्दा कहिल्यै नजित्ने जुवाडे जस्तो प्रवृत्ति वर्तमान राजनीतिको छ । राज र नीति जोडिएर बनेको यो शब्दमा भागबण्डा पनि गज्जबले गरिएको छ । राज जति नेतालाई र नीति लाद्ने जनतालाई ।
कार्यालयका मिटिङ बैठकमा हुने योजना परियोजना भनेका हात्तीका देखाउने दाँत हुन् । वास्तविक कार्ययोजना, रणनीति र कार्यनीति मदिराको चुस्कीमा तय हुन्छन् । अहिलेसम्म अनुमान नभएका कुरा यी होइनन् । यस्तै कुराको उल्लेख गर्दै उपन्यासमा लेखकले पात्रहरूलाई सुहाउँदो नाम दिनुभएको छ ।
धनका दृष्टिले हेर्दा निर्धासँग लुट्यो र धनीलाई पोस्ने, साँचोलाई झुटो सिद्ध गर्ने र झुटोलाई साँचो भनी प्रचार गर्ने, निरीहलाई हेप्ने र स्वदेशको होस् कि विदेशको, अत्यावश्यक ठाउँमा खर्च गर्न कन्जुसी गर्ने र कसैलाई खुशी पार्न धन खर्च गर्ने यो राजनीति वास्तवमा वाराङ्गना जस्तै छ भनेर चाणक्यले पच्चीस सय वर्ष अघि बताएको कुरा आज पनि सत्य साबित भएकै छ भन्ने देखाउँदै, ‘न्यायाधीशले न्यायिक सिद्धान्तका कुरा, मर्यादा, सत्यता, शपथ सबै बिर्सिए । उनका लागि यो सुनौलो अवसर थियो । उनले तत्काल स्वीकृतिमा टाउको हल्लाउँदै सोधे, हजुर मूले के गर्नुपर्ने हुन्छ ? (पृ.६८)’ वास्तवमा बलेका आगामा दाउरा थप्दा नै कडा न्यानो पाइन्छ । ट्रकका पछाडि लेखिएको थियो ‘जब धन बोल्छ अनि सत्य चुप लाग्छ’ आखिर उनै नेताको संस्कारले मलजल पाएकाहरूबाट अपेक्षा के गर्न सकिन्छ र ?
जाल जति धेरैतिर बिछ्याउन सक्यो माछा उम्किने सम्भावना उति कम हुन्छ । आफूसँग नन्दी, भृंगी गण जति धेरै भए उति गणतन्त्रको सफलता रहन्छ । भिन्न दलका मतदाता भनेका फरक हुन् भन्ने देखेका नेताहरूको सफल योजनालाई ‘भ्रमण टोलीमा ः प्रमुख प्रशासक, सुरक्षा अधिकृत र केही जवानहरू, पार्टीका प्रमुख नेताहरू, केही सञ्चारकर्मीहरू र विकासका कामका लागि ठेकेदारहरू सामेल छन् । केही सामाजिक संस्थाका प्रतिनिधिहरू समेत साथ लाग्ने बताएका छन् । (पृ.७४)’ आफ्ना तन्त्रको सफलताका लागि गण बटुलेको सबैले देखेकै कुरा हो । यसको सुरुवात कहिले र कसरी भयो भन्ने कुराको बहस हुने पक्ष अलग हो तर यसलाई हानिकारक हो भन्ने आँखा खुलेका छैनन् ।
राजनीति गर्नु भनेको फोहोर खेल्नु नै हो भन्ने मान्यता धेरैमा बनेको छ । चोर चार र नक्कल गरेका भरमा बल्लतल्ल पास भएकाहरू नेतामन्त्री बनेका धेरै छन् भने उनीहरूकै समकक्षमा उत्कृष्ट श्रेणीमा उत्तीर्ण हुनेहरू उनीहरूकै कर्मचारी बनेका धेरै पाइन्छन् । सानैदेखि खुराफाती दिमाग लिएर अघि बढेकाहरूको भ्रष्ट बुद्धिले जिम्मेवार बन्ने योजना बनाउँदैन तर देखावटीमा भने सबैले असल नै भन्दियोस् भन्ने सोच छँदै छ भन्दै, ‘सुरा, सुन्दरी, धन, पद र शक्ति यी चार कुरा नभए राजनीति हुँदैन भन्ने स्थापित मान्यताको अनुशीलन गरिरहेछन् मन्त्री र उनको मण्डली तर सार्वजनिक जीवनमा यी सबै कुरा प्रकट हुँदैनन् । नौनी जस्तो व्यवहार हुने गर्छ, नैतिकताको महानायक छन् मन्त्रीजी । (पृ.६५)’
यसरी एउटा बाहिरी संसार र अर्को भित्री संसार रच्न सक्ने यिनको लीला अपार छ । यसैभित्र सामाजिक, जातीय, लैंगिक, चाडपर्व, प्राकृतिक प्रकोप, महाव्याधि जे जति अवसर हुन्छन्, सबै ठाउँमा दिमाग चल्छ । नेपालको शिक्षा अनुसार स्वदेशी योग्यतालाई हेर्ने हो भने धेरै जसो विद्यार्थी अभिभावक, शिक्षक र विद्यालयका प्रयासले १२ वर्षमा साक्षर अर्थात् दस कक्षा उत्तीर्ण गराउँछन् तर तिनै विद्यार्थी दश कक्षाको परिणाम पर्खिउन्जेलको दुई महिनमा धेरैजसोलाई नेताले बाँदर बनाइसकेका हुन्छन् । यसै परिदृश्यलाई अलिक भिन्न स्वरूपमा चर्चा गर्दै, ‘शिक्षक केदार देख्ता सज्जन छन् । उनमा पनि महत्वाकांक्षा छ । रानु त युवा जोश राजनीति र समाज विकासका क्रममा खट्न तयार छिन् । उनले टेष्टमात्रै उत्तीर्ण गरेकी भए पनि सचेतना प्रशस्त छ । गाउँका अनेक राजनीतिक घटना परिघटनामा आफैं विगतमा सहभागी भएको हुनाले अनुभवी छन् उनी । (पृ.९३)’
शिक्षकको लाइसेन्स लिनका दिइने परीक्षामा नकल गर्न पाउनुपर्छ भनी परीक्षा बहिष्कार गर्ने शिक्षकबाट पाएको शिक्षा, यिनै नेताबाट तालिम पाएका शिक्षकहरू । यस्तो अवस्थामा देशवासीले अपेक्षा गर्दा पाउने नतिजा यही हो । शैक्षिक योग्यताकै कुरो गर्दा कक्षा पाँचको हाराहारीमा मिटिङ बैठकका कुरा सुनेका, कक्षा ६ देखि र्याली जुलुसमा सहभागी भएका, कक्षा आठतिर पुग्दा एकदुई ढुंगा हान्न भ्याएका, कक्षा दशतिर पुग्दा बार भत्काउने सीप विकास भएका, आइएतिर पढ्दा चक्काजाम, राँके जुलुस गरेका, बिएका कक्षामा पढ्दै गर्दा छुरी काण्डमा मुछिन पुगेका र कसैले झ्यालखानमै एमए गरेका कसैले त्यस्तो झन्झट नगरेका र अझ कति त पहिले दुईचार कक्षामै पार्टीले नै बुर्जुवा शिक्षा भनेर पढ्न छुटाएकाहरू पनि झ्यालखानबाट ठूलो नेता बनेर निस्केकाको रजगज छ ।
नेपालीले देखेका ती आफ्ना नेताहरूको अनुहार ‘उसले राजपत्रांकित द्वितीय श्रेणीको सुविधा पाएको छ, भलै माध्यमिक तह पूरा भएको छैन उसको पनि । राजनीतिक नियुक्तिमा शिक्षा, योग्यता, अनुभव, ज्ञान होइन आफन्छ हुनु प्रथम योग्यता मानिन्छ । (पृ.९८)’ विद्यालय महाविद्यालयमा हाजिरी नियमित गर्ने प्रयासमा आधुनिक मेसिन राख्न खोजेका ठाउँमा नेताको आड पाएका प्राध्यापकहरूले विरोध गर्ने अवस्था सिर्जना हुन्छ । यसरी शैक्षिक व्यवस्थाको धज्जी उडाउने अवसर यस्तै आन्तरिक नियुक्तिले हो भन्न कुनै असजिलो हुँदैन ।
कार्यालयका मिटिङ बैठकमा हुने योजना परियोजना भनेका हात्तीका देखाउने दाँत हुन् । वास्तविक कार्ययोजना, रणनीति र कार्यनीति मदिराको चुस्कीमा तय हुन्छन् । अहिलेसम्म अनुमान नभएका कुरा यी होइनन् । यस्तै कुराको उल्लेख गर्दै उपन्यासमा लेखकले पात्रहरूलाई सुहाउँदो नाम दिएर ‘मिलोमा पनि मदिरामा सहभागी भइन् । निकै बेर एकान्त भयो । न्यायमूर्तिले मिलोमालाई आफ्नो गाडीमा उनको निवासमा पु¥याइदिने गरी बाहिरिए । (पृ.१०७)’ लेखकले उपन्यासमा भित्री कुरो सबै नदेखाएर भयो र ? पाठकहरूले मनमनै यो कुरा बुझिसक्नुभयो । मानिसले जहाँ उमेरले खोजेको आनन्द पनि पाइन्छ, ठूलाबडालाई आफ्नै पेटभित्रको पार्न पाइन्छ, पैसा पनि मालामाल भइन्छ, समाजमा अरुले पनि अदब सम्मान गर्छन् भने त्यसभन्दा गतिलो भाग्य के खोज्नु ।
नेतालाई नमस्कार गर्दा कसैलाई फाप र कसैलाई अफाप हुँदो रहेछ । कसैले यी सबै पाउँछ, कोही आजीवन जोतिन्छ । त्यसैगरी कसैले कसैलाई आफ्नै मुठीभित्रको मान्छे बनाउने पनि त राजनीतिक शक्तिकै आडमा हो नि । यही अभ्यास राजनीतिले सिकायो, अरूले सिके । यसरी ठूलाबडाको विषयमा नकारात्मक टिप्पणी गर्नु पनि हुँदैन र गरेछ नै भने पनि उसको खैरात छैन ।
यसरी उपन्यासमा सत्तामुखी प्रवृत्ति, व्यापारीसँग चुनावका बेला धन लिने र चुनावपछि भाउ बढाएर नेताले नाफा गराउने, जागिरका क्षेत्रको योग्यता, शैक्षिक संस्थामा हुने तिकडम, यौन दुराचार, मेनपावरका कालासेता काम, शरणार्थीको समस्या, सुन वा मूल्यवान् वस्तुको तस्करी यस्ता प्रायः पाटाहरूको चर्चा गर्न उपन्यासले भ्याएको छ । पाठकहरूलाई यसरी यस कालपात्रका विषयमा बताउँदै फेरि थकाइ मार्न मन लाग्यो । यसबेला हामी कालपात्रका मझेरीमा आइपुगेका छौं । अब सबै चोटा र कोठाको एकसरो अवलोकन गरी झटपट निस्कने तयारीमा लाग्नुपर्छ । क्रमशः
https://ehimalayatimes.com/2023/09/160554/
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच