कोपेनहेगन । नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौतीहरूको चेतावनी दिँदै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०२४ सम्ममा युरोपमा ६५ वर्षमाथि उमेर समूहको जनसंख्या १५ वर्षमुनि उमेर समूहभन्दा बढी हुने बताएको छ । युरोप विश्वव्यापी परिवर्तनको तुलनामा दशकौं अगाडि छ । आवर वल्र्ड इन डाटा इन्स्टिच्युटको अनुमानअनुसार युरोप ६० वर्षपछि सन् २०६४ को हाराहारीमा रहेको अपेक्षा गरिएको छ ।
‘सन् २०२४ सम्ममा डब्लुएचओ युरोपेली क्षेत्रमा ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्तिको जनसंख्या १५ वर्षभन्दा कम भएको व्यक्तिको जनसंख्याभन्दा बढी हुनेअनुमान गरिएको छ’, डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, ‘यो प्रवृत्तिको अर्थ नयाँ सामाजिक, आर्थिक र स्वास्थ्य चुनौती हुन् जसले बुढ्यौली उमेरको जनसंख्याको प्रभावलाई कम गर्न स्वस्थ उमेरमा ध्यान केन्द्रीत गर्न माग गर्दछ ।’
डब्लुएचओ युरोपेली क्षेत्रले मध्य एसियाका थुप्रै मुलुकसहित ५३ मुलकलाई समेट्छ । युरोपभर लामो जीवनको अपेक्षा घट्दो स्वास्थ्यको पर्यायवाची हो । बुढ्यौली जनसंख्याको प्रभावलाई कम गर्न डब्लुएचओले वृद्धहरूलाई उनीहरूको शारीरिक र मानसिक स्वास्थ्य, स्वतन्त्रता, सामाजिक कल्याण र गुणस्तरीय जीवनको संरक्षण र सुधारमा सक्षम बनाउने उपायका लागि आहृवान गरेको छ । रासस÷एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच