धनगढी । छैटौँ फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिता आगामी मंसिर २२ गतेदेखि आयोजना हुने भएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक फारवेष्ट पशुपति युवाक्लबले प्रतियोगिता मंसिर २२ गतेदेखि आयोजना गर्ने जानकारी दिएको हो । पाचौँ संस्करणको आयोजनापछि तीन वर्ष रोकिएको प्रतियोगिताको छैटौँ संस्करण मंसिर २२ गतेदेखि २९ गतेसम्म धनगढी रंगशालामा हुने भएको हो ।
प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले दुई लाख पाउनेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २५ हजार तथा विभिन्न विधाका उत्कृष्टले १५–१५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजक फारवेष्ट पशुपति युवा क्लबका अध्यक्ष खेम रावतले बताउनुभयो । प्रत्येक खेलको म्यान अफ द म्याचले पाँच हजार नगद पाउनेछन् । सबै धनराशि जोडेर आठ लाख ७० हजार नगद पुरस्कार दिइने आयोजक फारवेष्ट पशुपति युवा क्लबले जनाएको छ ।
धनगढी रंगशालामा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने क्लबका सचिव ललित मिश्रले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता आयोजनामा झण्डै ४९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका लागि आयोजक क्लबले प्रायोजक तथा प्रवद्र्धकहरूको खोजी गरिरहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच