
बर्लिन । हमासले इजरायलमाथि आक्रमण गरेपछि जर्मनीले इजरायलसमक्ष सैन्य सहयोगको प्रस्ताव गरेको छ । साथै उसले आतंकवादी हमास समूहको समर्थनमा जर्मनीभित्र भएको समर्थनलाई रोक्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्मन चान्सलर ओलाफ स्कोल्जले बिहीबार इजरायलको सुरक्षाका लागि जर्मनीको ऐतिहासिक दायित्वमाथि जोड दिनुभयो । जर्मनीको प्रतिरक्षा मन्त्रालयले इजरायलको अनुरोधमा पाँचवटा हेरोन टिपी युद्ध ड्रोनमध्ये दुईवटा प्रयोग गर्न सहमत भएको जनाएको छ । ती हतियार जर्मन सेनाले भाडामा लिएको थियो ।
ब्रसेल्समा रक्षामन्त्री बोरिस पिस्टोरियसले युद्धका लागि इजरायलले हतियार माग गरेको भन्दै उक्त आग्रहबारे अब छलफल गरिने बताउनुभएको छ । जर्मन संसद्लाई सम्बोधन गर्दै कुनै पनि सहयोगका लागि सूचित गर्न आफूले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुलाई आग्रह गरेको बताउनुभयो । ‘अहिले जर्मनीका लागि एउटामात्र ठाउँ छ र त्यो ठाउँ भनेको इजरायलको पक्षमा हा’, उहाँले सांसदहरूलाई भन्नुभयो, ‘हाम्रो आफ्नै इतिहास र दोस्रो विश्वयुद्धमा यहुदीविरुद्ध भएको नरसंहारबाट उत्पन्न भएको हाम्रो जिम्मेवारीले इजरायलको सुरक्षाका लागि उभिन हाम्रो दृढतालाई अविचलित बनाउँछ ।’
उहाँले हालैका दिनमा इजरायलको पक्षमा हजारौँ मानिसले प्रदर्शन गरेको उल्लेख गर्दै भन्नुभयो, ‘सप्ताहन्तमा जर्मनीमा अत्यन्तै लाजमर्दो तस्वीर आए ।’ शनिबार बर्लिनका सडकमा एउटा सानो समूहले पेस्ट्रीहरू बाँडे र हमास आक्रमणको खुशीयाली प्रदर्शन गरेका थिए ।
चान्सलर स्कोल्जले जर्मनीमा हमासको समर्थन वा गतिविधिमाथि औपचारिकरूपमा प्रतिबन्ध लगाउने गर्ने बताउनुभयो । हमासलाई युरोपेली युनियनले यसअघि नै आतंककारी समूहको सूचीमा राखेको छ । उहाँले सप्ताहन्तमा पेस्ट्री बाँड्ने सामिदोउनजस्ता समूहमाथि प्रतिबन्ध लगाइने जानकारी दिनुभयो । रासस/एपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच