काठमाडौं । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ सुरु भएको छ । लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित एक्स्पोको बिहीबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पुर्व मन्त्री भीमसेनदाश प्रधानले उद्घाटन गर्नुभएको हो ।
आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनको आयोजना रहेको एक्स्पो बिहीबार र शुक्रबार गरेर दुई दिन चल्नेछ । प्रदर्शनिमा आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा अध्यायनरत ८० विद्यार्थीका इन्टरियर सम्बन्धि बिभिन्न सिर्जना प्रदर्शनमा राखिएका छन् ।
‘एएटा एक्स्पोमा अध्यायन गरेर ६ महिना मात्र भएका विद्यार्थीको विभिन्न फरक फरक क्याफे डिजाइनहरू छन्’, आयोजक आइआइएफटीकी कार्यकारी निर्देशक विपना थापाले भन्नुभएको ‘अर्काे ग्राजुयट भएका विद्यार्थीको थेसिस भनेर राखिएको छ । थेसिस भएकाहरूको विभिन्न फरक प्रोजेट बनाएका छन् ।’ थेसिस विद्यार्थी कसैको बुटिक, कसैको रिसोर्ट, कसैको अफिसलगायत रहेको थापाले जानकारी दिनुभयो ।
प्रदर्शनमा राखिएको सबै प्रदर्शनीबीच प्रतिस्पर्धासमेत हुने र निर्णायकको निर्णयको आधारमा प्रथम, दोस्रो र तेस्रो रूपमा पुस्कृत हुने जनाइएको छ । मेयर चिरीबाबु महर्जनले सबै प्रदर्शनी अवलोक गरेर त्यसको बारेमा जानकारी लिनुभएको थियो ।
बर्जर पेन्टस् र प्राइम टाइलको मुख्य प्रायोजन रहेको प्रदर्शनीमा मेयर महर्जनले ग्राजुयट विद्यार्थीलाई सर्टिफिकेटसमेत प्रदान गर्नुभएको थियो । कार्यक्रममा पूर्वमन्त्री भीमसेनदाश प्रधान, फेसन कोरियोग्राफर रोजिक शाक्य, चलचित्र पत्रकार संघका उपाध्यक्ष कुवेर गिरी, वरिष्ठ रंग पत्रकार तथा गीतकार डब्बु क्षेत्रीलगायतको उपस्थिति थियो ।
आइआइएफटी स्कुल अफ फेसन एण्ड इन्टरियर डिजाइन विगत एक दशकदेखि फेसन तथा इन्टेरियर डिजाइन सम्बन्धी अध्ययन गराउँदै आएको कलेज हो । आईआईएफटीले आफ्नो विद्यार्थीका सिर्जना आमजनमानसमा परिचित गराउने उद्देश्यले यो कार्यक्रम गर्दै आएको हो । फेसन डिजाइनमा १४ महिना र इन्टेरियर डिजाइनमा १५ महिनाको कोर्ष प्रदान गर्दै आएको आइआइएफटीका शाखाहरू काठमाडौंको हेरिटेज प्लाजा, बागबजारको बागबजार प्लाजा र ललितपुरको कुमारीपाटीमा छ ।
नेपालकै ठूलो फेसन र इन्टेरियर अध्यापन संस्थाको रूपमा परिचित आइआइएफटीले आफ्नो अध्यापन गर्ने विद्यार्थीका लागि सिर्जना प्रस्तुत गर्न विभिन्न फेसन शो, ‘स्पेस एण्ड डिजाइन एक्स्पो’लगायत कार्यक्रम आयोजना गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच