म्याग्दी । दशैंमा मुस्ताङी च्याङ्ग्राको स्वादिलो मासु खाने रहर सबैलाई हुन्छ । तर, रहर भएर के गर्नु, यस बर्ष मुस्ताङी भेडाच्याङ्ग्राको मुल्य अत्यधिक बढे पछि सामान्य आय भएका व्यक्तिले मुस्ताङ्गी च्याङ्ग्राको मासु खान नसक्ने भएका छन् ।
दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट निकासी भएका च्याङ्ग्रा बजारमा आएका छन् । म्याग्दी,बागलुङ,पर्वत कास्की, हुँदै काठमाडौँलगायत जिल्लाबाट व्यापारीहरु मुस्ताङका गाउँगाउँमा र किसानका गोठहरुमा नै पुगेर खरिद गरेका च्याङ्ग्रा बजारमा ल्याइ पु¥याएका हुन् ।
भेटेरेनरी अस्पताल तथा पशुु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले शुक्रवारसम्म करिव दुई हजार भेडा च्याङ्ग्रा मुस्ताङ बाहिर निकासी भएको जानकारी दिनुभयो । यस वर्ष दसैँका लागि मुुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको उहाँले बताउनुभयो ।
हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।
मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । मुस्ताङपैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचुतुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ ।
एउटा च्याङ्ग्राको मूल्य रु ५० हजार
मुस्ताङबाट म्याग्दी हुँदै बजारमा ल्याइएका भेडाच्याङ्ग्राको मुल्य रोज्जाको रु ५० हजार सम्म पुगेको छ ।
त्यसैगरी सवैभन्दा सानो र सबैले छोडेको च्याङ्ग्राको मूल्य पनि रु ३० हजारको हाराहारीमा पर्ने मुस्ताङबाट च्याङग्रा लिएर पोखरातिर लैजाँदै गर्नुभएका व्यापारी यामबहादुर केसीले बताउनुभयो । उहाँसँग चार जनाको समूहले तीन सय ५० वटा च्याङ्ग्रा खरिद गरेर बेनी हुँदै पोखरातर्फ च्याङ्ग्रा लैजादै हुनुहुन्छ ।
उहाँका अनुसार, चार वर्ष अघि रु ३० देखि ३५ हजारसम्म पर्ने च्याङ्ग्राको मूल्य यस वर्ष रु ५० हजार पुगेको छ । मुस्ताङी खोरपाला (खोरमा पालिएको) च्याङ्ग्रा भएकाले पनि मुल्य बढेको हो । घरकै खोरमा पालेको च्याङ्ग्रा स्वस्थकर हुने भएकाले त्यसको माग पनि बढी हुने गर्छ ।
मुस्ताङमा व्यापारीहरुले च्याङ्ग्रालाई प्रतिगोटा रु ४२ हजारसम्म मुल्य परेको बताएका छन् । केहि बर्ष अघि सम्म २० देखि २२ हजारमा पाईने च्याङ्ग्राको मुल्य यस बर्ष दोब्बरले बढेको व्यापारीहरुको गुनासो रहेको छ ।
जोमसोम र लेते मा पशु चिकित्सकहरुले मुस्ताङबाट बाहिरिने भेंडाच्यांग्राको स्वास्थ्य परिक्षण गरि निरोगिताको प्रमाणपत्र दिएर निर्यात गर्ने गरिएको छ ।
गत वर्ष ३० देखि ३५ हजार रुपैयाँसम्म बिक्री भएको भेडाच्याङग्रालाई व्यापारीले किसानबाट २० हजार देखि २५ हजार रुपैयाँसम्ममा खरिद गरेको थिए । मुस्ताङका विभिन्न गाउँपालिका साथै डोल्पा, मुगु, जुम्लाका साथै छिमेकी देश चिनको तिब्वतस्थित झोङवासेन जिल्लाबाट समेत नेपाली बजारमा भेडाच्याङ्ग्रा आउने गरेका छन् ।उपल्लो मुस्ताङको चराङ, लोमान्थाङ, घमी, सुर्खाङ, छोन्हुप र छोसेर भेडापालनको पकेट क्षेत्र मानिन्छ ।
तिब्वती च्याङ्ग्राको तौल र मुल्य फरक हुने भएकाले पनि उपभोक्ताले ब्यापारीसँग बुकिङ गर्ने गरेका छन् ।
प्रयाप्त चरन क्षेत्र, बजार मुल्य, प्राविधिक सहयोग सहित कृषकहरूको भेडापालनप्रतिको आर्कषणले विगतका तुलनामा भेडाच्याङ्ग्रा पालनमा आर्कषण बढेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विक्रि केन्द्र मुस्ताङले जनाएको छ ।
स्वास्थ्य परिक्षण गरी निरोगीताको प्रमाणपत्र जारी गरेर मात्रै निकासीको लागि अनुमती दिइएको छ । मुस्ताङ र म्याग्दीका नाकामा पशु प्राविधिकको टोलीले तथ्याङ्क संकलनसँगै स्वास्थ्य परिक्षणमा खटिएका छन् ।
बेनी जोमसोम सडकको अवस्था राम्रो नभएकाले व्यापारीहरुलाई भेडा च्याङ्ग्रा समयमै बजारमा पुर्याउन समस्या हुने भएकाले यसबर्ष विगतमा भन्दा छिट्टै ब्यापारी मुस्ताङमा पुगेपनि कृषकले ब्यापारी बिच नै मुल्यमा प्रतिस्पर्धा गराएपछि ढिलो भएको ब्यापारीको भनाई छ ।
मुस्ताङदेखि गन्तब्यसम्म पुग्ने बेलामा पटकपटक स्थानीय कर तिनुपर्ने अवस्थाको अन्त्य भएमा उपभोक्तालाई केही सस्तोमा विक्री गर्न पाईन्छ । यसैबीच दशैतिहारलाई लक्षित गरी म्याग्दीका हिमाली क्षेत्रमा समेत ठूलो संख्यामा भेडापालन गरिएको छ । दशैंमा मात्रै म्याग्दीबाट समेत १ करोडको बिक्री हुने गरेको छ भने मुस्ताङबाट ३५ करोडको हाराहारीमा कारोबार हुन्छ ।
पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको कृषकहरु बताउँछन् । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुुका लागि बजार पठाउने गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच