सल्यान । ट्रायक्टरले च्यापिएर सल्यानमा ६ वर्षीय बालकको मृत्यु भएको छ।
शारदा नगरपालिका-४ लामाडाँडा घर भएका २८ वर्षीय देवबहादुर चन्दको घरमा रोकेर राखेको रा १ ख २८६२ ट्र्याक्टर एक्कासी गुड्दा शुक्रबार बेलुकी साढे ५ बजेतिर चन्दका छोरा दिक्सनको मृत्यु भएको हो।
ट्रायक्टर देवबहादुर चन्दकै भएको र बालक आँगनमा खेल्ने बेला च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताउनु भयो ।
उहाँका अनुसार ट्र्याक्टर कसरी गुड्यो भन्ने खुल्न सकेको छैन । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान लाने तयारी भइरहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच