कास्कीमा चाडपर्व लक्षित सुरक्षा व्यवस्थामा कडाइ

हिमालय टाइम्स
Read Time = 1 min

कास्की । चाड पर्वलाई लक्षित गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

विगतमा भएका घटनाहरुलाई मूल्यांकन गरी जिल्ला प्रहरी प्रशासन कास्कीले सुरक्षा व्यवस्थामा कडाइ गरेको प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताउनुभएको हो । उहाँकाअनुसार प्रहरीहरु विभिन्न स्थानमा सुरक्षाका लागि तैनाथ गरिएको छ ।

चोरीजन्य विकृतिहरु चाडपर्वमा बढ्ने र मादक पदार्थ सेवा गरी सवारी साधन चलाउने प्रवृत्ति बढ्ने भन्दै त्यसैलाई मध्यनजर गरेर सुरक्षा व्यवस्था कडा बनाइएको बताउनु भयो । भीडभाड हुने स्थानलाई केन्द्रित गरेर सुरक्षा योजना बनाएको बताउनु भयो ।

उहाँले चाडपर्वलाई लक्षित गरी जिल्ला सीमानामा हुने लागु औषध ओसारपसार रोक्न र हुन नदिनका लागि तालिम प्राप्त कुकुरसहितको टोली तैनाथ गरिएको बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?