
कृषि हाम्रो देशको मेरुदण्ड हो । अधिकांश मानिसहरू कृषिमै निर्भर रहेका छन् । त्यसैले हाम्रो देशलाई कृषिप्रधान देश भन्ने गरिएको छ तर कृषि कुनै पेशा नभएर परम्परागत रूपमा गरिँदै आएको जीवन धान्ने माध्यम जस्तोमात्र भएको छ । कुनै व्यापार गर्न, उद्योग खोल्नु, कलकारखाना सञ्चालन गर्नुलाई भने पेशाका रूपमा मानिएको छ भने कृषि चाहिँ जीविकाको निरन्तरता हो भन्ने सोच राखिन्छ । यस्तो सोच कृषिमा संलग्न हुनेहरूको छ भने राज्य सञ्चालकहरूमा पनि रहेको छ । यसले गर्दा कृषि पेशामा संलग्न हुनेहरूमा हिनता छ । सधैं माटामा लडिबुढी गर्नुपर्ने धुस्रोफुस्रो बन्नुपर्ने, मैलोधैलो भएर काम गर्नुपर्ने भएकाले उनीहरूले व्यापारी, उद्योगपति र जागिरे जो सफा भएर हिँड्छन् वा व्यापार–व्यवसायमा संलग्न रहन्छन् तिनलाई आफूभन्दा उच्च वर्गको ठान्छन् ।
जुन वर्ग आफ्नो मिहिनेतले अरू सबै वर्गको प्राणदाता वा अन्नदाता बनिरहेको हुन्छ त्यही वर्ग चाहिँ हेपिएर रहनाले निश्चय कृषि क्षेत्र प्रोत्साहित बन्न सक्दैन । राज्यले कृषि क्षेत्रलाई देशको मेरुदण्डका रूपमा मानेर नीतिनियम बनाउनुपर्छ र कृषि क्षेत्र प्रोत्साहित हुनेगरी काम गर्नुपर्छ तर हाम्रोमा राज्यबाट यो क्षेत्र अवहेलित छ भने जनस्तरबाट समेत कृषिलाई निम्मकोटिको काम वा क्षेत्र भनेर सोच्ने गरिएको छ । गाउँघरका आवादी जमिनहरू गौचरनमा परिणत भइरहेका छन् । गाउँमा प्रसस्त जग्गाजमिन भएका मानिसहरू पनि आफ्नो जग्गा बाँझो राखेर राजधानी वा अन्य कुनै शहर बजारतिर गएर सानोतिनो काम गरेर बसिरहेका हुन्छन् ।
कृषि क्षेत्रले हेपिनु हुँदैन, प्रोत्साहन पाउनुपर्छ । आवादी भूमि बाँझो राख्नु भनेको मानिसले आफ्नै लागि खाद्यान्न अभावको वातावरण सिर्जना गर्नु हो । धर्तीले बीज पाएपछि एकबाट हजार दाना बनाइदिन्छ । त्यसैले कविहरूले ‘बीजको एक मानाले लाखौंलाख तुल्याउँछ’ भन्ने गरेका छन् भने अर्कातिर किसान विभिन्न कारणले यस क्षेत्रबाट पलायन भइरहेका छन्
यस्तो अवस्थाको सिर्जना हुनुभनेको कृषि क्षेत्रका मानिसहरूले प्रोत्साहन नपाउनु हो । कतैबाट कृषि क्षेत्र प्रोत्साहित हुनसकेको छैन । सबै क्षेत्रका मासिनहरूको अन्नदाता किसान हुन् । हाम्रो धर्मशास्त्रले त किसानलाई पञ्चपितामध्ये एक मान्छ । जन्म दिने पिता, छोरी दिने कर्मपिता वा ससुरा, विद्या दिने गुरु, भय हर्ने राजा र अन्नदाता किसान पञ्चपिता हुन् भनिएको छ । वास्तवमा व्यापार गरेर, उद्योग गरेर वा अन्य जे सुकै काम गरेर जतिसुकै पैसा कमाए पनि खानुपर्ने त अन्न नै हो । यदि अन्नको अभाव भए वा अन्न उपलब्ध हुन नसके पैसा भएर पनि भोकै बस्नुपर्ने अवस्था सिर्जना हुन्छ । त्यही भएर कृषि अपरिहार्य क्षेत्र हो ।
कृषि क्षेत्रले हेपिनु हुँदैन, प्रोत्साहन पाउनुपर्छ । आवादी भूमि बाँझो राख्नु भनेको मानिसले आफ्नै लागि खाद्यान्न अभावको वातावरण सिर्जना गर्नु हो । धर्तीले बीज पाएपछि एकबाट हजार दाना बनाइदिन्छ । त्यसैले कविहरूले ‘बीजको एक मानाले लाखौंलाख तुल्याउँछ’ भन्ने गरेका छन् भने अर्कातिर किसान विभिन्न कारणले यस क्षेत्रबाट पलायन भइरहेका छन् । यो क्षेत्रमा कठोर परिश्रम गर्नुपर्ने एकातिर छ भने अर्कातिर यति गरेर पनि विभिन प्राकृतिक तथा अन्यकारणले प्रतिफलको प्रत्याभूति हुन सकेको छैन ।
किसान यस क्षेत्रबाट पलायन भइरहेका हुन् । हुन त अरू क्षेत्र त्यस्तै हुन् प्रतिफलको प्रत्याभूति त कुनै क्षेत्रमा हुन सक्दैन, अपेक्षा र प्रतीक्षा गरेर प्रतिफल प्राप्त गर्नुपर्ने हो, त्यसमा परिश्रमको विशेष महत्व रहन्छ । ती क्षेत्रहरूमा हिलो–मैलोसँग लटपट हुनु भने पर्दैन । सरकारले कृषिमा लगानी त बढाउँदै लगेको छ तर माथि भनिएका यिनै विविध विषयले गर्दा कृषि क्षेत्रमा गरिएको लगानी बालुवामा पानी हालेजस्तो बन्दै गएको छ । लगानी बढाएरमात्र हुँदैन मलखाद, बिउ, उपकरण, प्रविधि तथा कीटनासक विषादी जस्ता कृषिका लागि आवश्यक सामग्री समयमै सहज र सरल किसिमले उपलब्ध गराउन सक्नुपर्छ ।
साथै किसान निरुत्साहित हुनुहुँदैन । उनीहरूले आफ्नो उत्पादनमा सरकारको प्रत्याभूति पाउनुपर्छ ।
उत्पादनले उचित मूल्य पाउनुपर्छ, पाएन भने स्वतः किसान निरुत्साहित बन्न पुग्छन् । तरकरी र फलपूmल खेतीका साथै नगदे बालीले मात्र प्रोत्साहन पाएर पुग्दैन, मुख्य रूपमा त खाद्यान्न बाली वा अन्न बाली धान, मकै, गहुँ, कोदोलगायत दलहन तेलहनको उत्पादनमा जोड दिन सकियो भने आत्मनिर्भरता बढ्नुका साथै परनिर्भिरता कम हुनपुग्छ । सरकारले सोच्नु आवश्यक छ भने किसानको मनोबल बढाउनुपर्ने हुन्छ । नत्र कृषि क्षेत्रमा गरेको लगानी सधैं बालुवामा पानी बन्दै जाने हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच