
जुनसुकै पक्षहरूको बीचमा हुने युद्धले मानिसहरूको संहार निम्त्याउने गर्दछ । हालै भएको इजरायलमाथि हमासको आक्रमणमा त्यस देशका नागरिकले मात्रै ज्यान गुमाएनन् नेपालबाट उच्च शिक्षाका लागि इजरायल पुगेका १० जना नेपाली विद्यार्थीले पनि ज्यान गुमाए, एकजना अहिले पनि अस्पतालमा उपचार गराइरहेका छन् भने अर्को एकजना अझै बेपत्ता छन् । आफ्नो अस्थित्व कायम गर्ने नाममा एक समूहले अर्को समूहमाथि गर्ने आक्रमणले केवल नागरिकहरूको मृत्यु हुन्छ र त्यसले दुःखद् अवस्थाको सिर्जना गर्दछ । इजरायल प्यालेस्टाइन युद्धको आफ्नै इतिहास छ ।
प्रथम विश्वयुद्ध (सन् १९१४ देखि सन् १९१८)को अटोमन साम्राज्य, ब्रिटेनको हस्तक्षेप, बीसौं शताब्दीको सुरुमा जब युरोपमा यहुदीहरूलाई निशाना, यहुदीहरूको छुट्टै देशको माग, भूमध्यसागर र जोर्डन नदीको बीचमा रहेको प्यालेस्टाइन क्षेत्र मुस्लिम, यहुदी र इसाईका लागि पवित्र स्थानजस्ता कुराहरूले द्वन्द्वको सुरुवात भयो । त्यसैगरी, अटोमन साम्राज्य विघटन र बेलायतले प्यालेस्टाइनको प्रशासनलाई नियन्त्रण गर्न लिग अफ नेशनबाट स्वीकृति जस्ता कारणमात्र होइन्, युद्धको समयमा अंग्रेजहरूले अरब तथा यहुदीहरूलाई धेरै वाचा गरेका थिए, ती वाचाहरूको सानो अंश पनि पूरा हुनसकेन । बेलायतले फ्रान्ससँग मध्यपूर्वका लागि भागबण्डा गरेपछि अरब र यहुदीहरूको बीचमा तनावको स्थिति सिर्जना भयो ।
नाजीहरूको हातबाट यहुदीहरूको व्यापक नरसंहार र बेलायतको नियन्त्रणमा रहेको क्षेत्र प्यालेस्टाइनी र यहुदीहरूका बीचमा बाँडफाँड गर्ने योजना तथा सन् १९४७ मा संयुक्त राष्ट्रसंघले प्यालेस्टाइनलाई यहुदी र अरबहरूको छुट्टाछुट्टै राष्ट्रमा विभाजन गर्न मतदान ग¥यो र जेरुसेलमलाई अन्तर्राष्ट्रिय शहर बनाइयो । सो घटनाक्रमलाई यहुदी नेताहरूले स्वीकार गरे तर अरब पक्षले अस्वीकार गरेर कहिल्यै लागू भएन् । एकातिर मे १४, १९४८ मा इजरायल स्थापित भयो । इजरायलको गठनसँगै स्थानीय तनाव क्षेत्रीय विवादमा परिणत भयो र प्यालेस्टाइनीहरूका लागि त्रासदीको अवधि सुरु भयो ।
इजरायलका यहुदी जेरुस्लामलाई आफ्नो राष्ट्रिय स्मृति र धार्मिक महत्व दुवै कोणबाट केन्द्र मान्छन् । फतह अर्थात् प्यालेस्टाइनभित्रको नेतृत्वदायी प्यालेस्टाइनी राष्ट्रिय मुक्ति आन्दोलनले अर्को हमास अर्थात् प्यालेस्टाइनी इस्लामिक प्रतिरक्षा आन्दोलनलाई चुनौती दिइरहेको छ ।
साढे सात लाख प्यालेस्टाइनीहरू छिमेकी देशहरूमा भाग्नुपर्ने अवस्थाको सिर्जना भयो तर १९४८ यहुदी र अरबबीचको द्वन्द्वमात्रै नभएर सन् १९६७ मा ६ दिनसम्म चलेको अरब इजरायल द्वन्द्वले दीर्घकालीन प्रभाव पार्न थाल्यो । अहिलेको अवस्थामा जहाँ इजरायल अवस्थित छ त्यही क्षेत्र परमेश्वरले उनीहरूका प्रथमपुर्खा अब्राहाम र तिनका सन्तानलाई दान दिने प्रतिज्ञा गरेका थिए भन्ने यहुदीहरूले विश्वास गर्ने गरेको पाइन्छ । त्यसैले पनि यस क्षेत्रलाई पवित्रस्थान मानिन्छ । एकातिर पवित्र स्थानको रूपमा विकास गर्ने अर्कोतिर त्यही क्षेत्रमा सधैंभरि युद्ध भइरहने प्रवृत्तिले गर्दा एकातिर यसमा नागरिकको चाहनामात्रै नभएर अन्य शक्तिहरूको प्रयोग भएको स्पष्टसँग देख्न सकिन्छ ।
सन् २००० मा अमेरिकाको क्याम्प डेभिडमा राष्ट्रपति बिल क्लिन्टनको उपस्थितिमा दुई पक्षबीच मेलमिलापको अन्तिम गम्भीर प्रयास गर्दा प्यालेस्टिनी र इजरायलीबीचको शान्तिको बाटोमा यीमात्रै अवरोधहरू होइनन् भन्ने स्पष्ट भयो । दुई पक्षबीच जेरुसेलम, सिमाना र भूमि, यहुदी बसोवास र प्यालेस्टिनी शरणार्थी मुद्दामा असहमति थियो । त्यसले अहिले उघ्र रूप लिएको छ । इजरायलले जेरुसेलम आफ्नो क्षेत्र भएको दाबी गर्दै आएको छ । सन् १९६७ मा पूर्वी जेरुसेलम कब्जा गरेदेखि जेरुसेलम यसको राजधानी रहेको तर अन्तर्राष्ट्रियस्तरमा यसलाई मान्यता दिएको छैन । इजरायल र प्यालेस्टाइनबीच अहिले चर्किरहेको द्वन्द्वले दुवै पक्षमा मानवीय संकट निम्त्याएको छ । दुई पक्षबीचको अविश्वास र निर्मम व्यवहारका कारण यो द्वन्द्व चर्किएको हो । तर केही विषय र घटनाक्रमले यसलाई अझ बढी संवेदनशील बनाएको छ ।
एकातिर प्यालेस्टाइनीहरूले सन् १९४८ देखि १९६७ सम्म पूर्र्वी जेरुसलाममाथि शासन गरेको जोर्डन सरकारले दिएको कागजपत्र देखाएर सो स्थानमा आफ्नो अधिकार दाबी गर्दै आएका छन् भने अर्कोतिर यहुदीहरूले सन् १९१८ देखि १९४७ सम्म प्यालेस्टाइनमा शासन गरेको बेलायतले जारी गरेको कागजपत्रका आधारमा उक्त भूमि र सम्पत्तिमाथि आफ्नो अधिकार दाबी गरिरहेको छ । उनीहरूको दाबी आफ्नो ठाउँमा ठीक भए तापनि मानवीय क्षति हुने गरी हुने द्वन्द्वले कुनै पनि पक्षलाई सहयोग गर्दैन । इजरायली यहुदीका लागि जेरुस्लामको इतिहास भनेको राष्ट्रिय पुनर्जन्मका लागि संघर्ष गरेको यहुदीको इतिहासका रूपमा बुझ्ने गरिएको छ ।
इजरायलका यहुदी जेरुस्लामलाई आफ्नो राष्ट्रिय स्मृति र धार्मिक महत्व दुवै कोणबाट केन्द्र मान्छन् । फतह अर्थात् प्यालेस्टाइनभित्रको नेतृत्वदायी प्यालेस्टाइनी राष्ट्रिय मुक्ति आन्दोलनले अर्को हमास अर्थात् प्यालेस्टाइनी इस्लामिक प्रतिरक्षा आन्दोलनलाई चुनौती दिइरहेको छ । फतह र हमास समूहबीच धेरै विषय अन्तर छन् । एकातिर फतहले धार्मिक निरपेक्षताको सिद्धान्त अंगीकार गर्छ भने हमासले इस्लामिक राजनीतिक सिद्धान्त अँगाल्दै आएको छ । त्यही अतिवादी धारणाले गर्दा दिनानुदिन मानिसहरूको मृत्यु भइरहेको छ ।
इजरायल र प्यालेस्टाइनस्थित हमासबीच युद्ध सुरु भएको छ । हमासका पैदल लडाकुले समेत दक्षिणी इजरायल क्षेत्रमा प्रवेश गरेर इजरयली ट्यांकसमेत कब्जामा लिएको दृश्य प्रसारित भएका छन् । गाजासँगको सीमावर्ती सात इजरायली इलाकाका २२ स्थानमा द्विपक्षीय भिडन्त भइरहेका छन् ।
सन् १९९० को दशकमा ओस्लो शान्ति प्रक्रियापछि हमास र फतह समूहबीचको शत्रुता अझ फराकिलो बनेको थियो । सन् २००६ मा सबैलाई आश्चर्यमा पार्ने गरी हमास समूहले प्यालेस्टाइनी संसद्मा विजय हासिल ग¥यो । हमासको विजयलाई फतह, इजरायल र अमेरिकाले मान्यता दिएनन् । द्वन्द्वपछि हमासले गाजापट्टीमा नियन्त्रण जमायो भने फतह नेतृत्वको प्यालेस्टाइनी प्राधिकार पश्चिम किनारामा केन्द्रित रहृयो । हमास र फतहबीचको द्वन्द्वका कारण प्यालेस्टाइनबाट कुनै खालको सहजता पाउन इजरायललाई असम्भव बनायो । हमासलाई इजरायल र इजिप्टको नाकाबन्दीले गाजा क्षेत्रभित्र थुनेको छ ।
हमासले प्यालेस्टाइनी समाजमा आफ्नो प्रभाव बलियो राख्न यहुदी र प्यालेस्टाइनीबीचका हरेक सवालमा फाइदाका हिसाबले उचाल्ने गर्दै आएको छ । इजरायल र प्यालेस्टाइन दुवैले अहिले चर्किरहेको द्वन्द्वको निम्ति एकअर्कालाई दोषारोपण गर्दै आएका छन् । इजरायलको भनाइमा हमासले हिंसा फैलाउने योजना बनाई इजरायली भूमिमा रकेट हमला गरेको थियो । त्यसकारण इजरायलको कोणबाट हमास नै पछिल्लो हिंसात्मक घटनाको निम्ति जिम्मेवार छ । इजरायलीहरूको सुरक्षाका निम्ति गाजामा हमासविरुद्ध हमला गर्नु आफ्नो अधिकार भएको इजरायलको दावा छ ।
इजरायल र प्यालेस्टाइनस्थित हमासबीच युद्ध सुरु भएको छ । हमासका पैदल लडाकुलेसमेत दक्षिणी इजरायल क्षेत्रमा प्रवेश गरेर इजरयली ट्यांकसमेत कब्जामा लिएको दृश्य प्रसारित भएका छन् । गाजासँगको सीमावर्ती सात इजरायली इलाकाका २२ स्थानमा द्विपक्षीय भिडन्त भइरहेका र हमासले सयौं इजरायली नागरिकलाई बन्दी बनाएको पनि समाचारका विषय बनेका छन् । हमासले यस आक्रमणलाई जेरुसेलमस्थित अलअक्सामस्जिदमा भएको इजरायली कारबाहीको प्रतिकारमा भएको बताएको छ । पश्चिमी जगतले हमासको अतिवादी आक्रमणको लगत्तै इजरायलले आफूलाई युद्धमा प्रवेश गराएको छ । इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्रस्थित हमास केन्द्रहरू लक्षित हवाई आक्रमण सुरु गरिसकेको छ । सुरुमा हवाई आक्रमणबाट हमासको सैन्य क्षमतालाई सकभर कमजोर बनाउने लक्ष लिएको देखिन्छ ।
समुद्रको बाटो इजरायल छिर्न खोजेका दर्जनौं आक्रमणकारीलाई इजरायली जलसेनाले मारेको बताइएको छ । इजरायलको विगतको इतिहास र व्यवहारलाई हेर्दा युद्धले अत्यन्तै भयावह मोड लिने अनुमान गरिएको छ । संघर्षका प्रारम्भिक घटना हेर्दा परिस्थिति त्यतैतर्फ गएको देखिन्छ । इजरायली सुरक्षा अंगको आपत्कालीन बैठक सुरु भएको छ । नेतन्याहुको विरोधमा संघर्षरत जगेडा सैनिक समूहले पनि यो युद्धमा आफू देशका लागि लड्न तयार रहेको बताएको छ । इजरायलका तर्फबाट हवाई आक्रमणका साथसाथै घातक स्थलआक्रमण सुरु हुने पक्कापक्की छ ।
हमास आक्रमणले इजरायललाई आश्चर्यचकित तुल्याएको छ । यसलाई इजरायली खुफियातन्त्रको नाकामीका रूपमा समेत लिइएको छ । यस तहको एकै पटकको संगठित आक्रमणको अपेक्षा पटक्कै गरिएको थिएन । झण्डै ५० वर्षअघि इजरायलीहरू यहुदीहरूको सबैभन्दा ठूलो चाड योमकिपुर मनाइरहेका बेला यस्तैखाले चौतर्फी आकस्मिक घातक आक्रमण गरिएको थियो । अहिले योमकिपुरकै मौसम छ र शनिबार यहुदीहरू सबाथ मनाउँदै थिए । यी सब कारणले इजरायलले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाउने र अत्यन्तै आक्रामक ढंगले प्रत्याक्रमण हुने अनुमान गरिएको छ ।
अमेरिकाको समर्थन इजरायललाई छ भने फ्रान्सलगायत पश्चिमा जगतले हमासको आतंकी आक्रमण भन्दै निन्दा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायलमाथि आतंकी हमला भएको बताउँदै भारत इजरायलको साथ भएको बताएका छन् । रुसले संयम अपनाउन आहृवान गरेको छ । हमासको पक्षमा रहेको ठानिएको अरब जगत् मौन छ । हमासको आक्रमणमा अन्य देशका नागरिकसहित नेपालीसमेत घाइते भएका छन् ।
यसरी यस खालको गतिविधिले मुस्लिम र हमास समुदायप्रति नकरात्मक धारणाको विकास हुने देखिन्छ । यी सबै पक्षलाई हेर्दा आतंकवादी शक्ति सशक्त बन्दै गएको देखिन्छ । त्यसको नियन्त्रण र निवारणका लागि सबै देशहरू एक हुनुपर्ने देखिन्छ । यसले के स्पष्ट गर्दछ भने अहिले अरब एकातिर र अन्य विश्व एकातिर भएको अवस्थाले विभिन्न देशमा हुने यस खालका गतिविधिले मानिसहरूको अधिकारको संरक्षण गर्न नसकेकोले यसमा सबै एकै ठाउँमा पुग्नुपर्ने देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच