नौबिसे-मुग्लिङ सडक खण्डको खाल्डाखुल्डी पुर्न थालियो

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 4 mins

धादिङ । चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय धादिङले त्रिभुवन राजपथ र पृथ्वीराजमार्गको नौबिसे-मुग्लिङ सडक खण्डमा अत्यधिक खाल्डाखुल्डी पुर्न थालेको छ । संघीय राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्गको रूपमा रहेको यो सडक खण्डमा सवारी साधनको अति नै चाप हुने गर्दछ । जसका कारण सवारी साधन लामो जाममा पर्ने गरेका छन् भने यात्रु कष्टपूर्ण यात्रा गर्न बाध्य छन् ।

हाल ठेकेदारले मर्मत गर्नुपर्ने दायित्व भएपनि मर्मत नभएका कारण जताततै खाल्डा परेका छन् भने साना चार पाङ्ग्रे सवारी र दुई पाङ्ग्रे सवारी साधन सञ्चालन गर्न नै नसकिने अवस्थामा पुगेको छ ।

दैनिक हजारौँ सवारी साधन र यात्रु ओहोर दोहोर गर्ने पृथ्वीराज मार्गको नौबिसे-मुग्लिङ सडक खण्ड विस्तार भइरहेको छ । बिस्तारका क्रममा ठाउँ ठाउँमा खाल्डा खुल्डी बनेका छन् । खाल्डाखुल्डीले सवारी साधन सहज रूपमा चल्न सकेका छैनन् भने दुर्घटनाको जोखिम पनि बढ्दो छ । करिब १० लाख मानिस दशैँ मनाउन लागि काठमाडौँ छोडेर आफ्नो घर यही बाटो भएर जान्छन् । तर, जीर्ण सडकका कारण यस पटकको दशैँमा यात्रुलाई असहज भएको छ ।

अहिले नागढुंगा-नौबिसे-मुग्लिङ सडक खण्ड तीन भागमा विभाजन गरेर विस्तार भइरहेको छ । पहिलो खण्ड नौबिसेदेखि नागढुंगासम्म ३० प्रतिशत र नौबिसेदेखि मलेखुको दोस्रो खण्ड १२ प्रतिशत काम सम्पन्न भएको छ । नागढुंगा नौबिसे खण्ड तीन लेन बनाइने छ । बस्ती नभएका र साँघुरो क्षेत्रमा दुई लेनको सडक हुने छ ।

विश्व बैंकको १९ अर्ब रुपैयाँ ऋण सहयोगमा नागढुंगादेखि मुग्लिङसम्मको ९६ किलोमिटर सडक विस्तारको काम गरिरहेको छ ।

यसैबिच चाडपर्वको बेला राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन धादिङका जिम्मेवार निकायहरू लागि पर्ने भएका छन् । राजमार्ग विस्तारको कार्य भइरहेको पृथ्वी राजमार्गमा सहज ढङ्गले दुईतर्फी रूपमा सवारी साधनको आवतजावतको सुनिश्चितता गर्न जिल्ला प्रशासन कार्यालय धादिङ सहित तीन वटै सुरक्षा निकाय, यातायात व्यवसायी, सडक आयोजना कार्यालयलगायत निकायहरू एक भएर अघि बढ्ने संयुक्त निर्णय गरेका हुन् ।

सडकको छेउकुनामा राखिएका निर्माण सामग्री हटाउन, आवश्यक स्थानमा स्पिड लाइनसहित ट्राफिक संकेत, ऐना आदिको प्रबन्ध मिलाउन सम्बन्धित सडक आयोजना तथा निर्माण व्यवसायीलाई भनिसकिएको छ । नागढुंगा-मुग्लिन सडक योजना कार्यालय (पूर्वी खण्ड) गजुरी धादिङका योजना प्रमुख ईश्वरबहादुर रिजालले पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको नागढुंगादेखि मलेखुसम्म नागढुंगा-मुग्लिन सडकअन्तर्गत ५५ किलोमिटर मर्मत भइरहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?