काठमाडौं । एमाले नेता डा. भीम रावलले प्रमुख राजनीतिक दलहरुप्रति आक्रोश पोख्नुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विना जानकारी नेपाली भूमि कालापानी भ्रमण गरेर नांगो हस्तक्षेप गर्दा पनि निहित स्वार्थका कारण प्रमुख राजनीतिक दलहरु मौन बसेको रावलले आराेप लगाउनु भयाे ।
नेपालले आफ्नो दाबी गर्दै आएको दार्चुलाको कालापानी लिम्पियाधुरा क्षेत्रमा केही दिन अघि भारतीय प्रधानमन्त्री मोदी एक औपचारिक कार्यक्रममा पुग्नुभएको थियो । सो घटनालाई लिएर कतिपयले आपत्ति व्यक्त गरेका थिए । तर, नेपाल सरकार तथा यहाँका प्रमुख राजनैतिक दलले भने यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् ।
सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता रावलले प्रमुख राजनीतिक दलहरुको सत्ता स्वार्थको चरित्र र व्यवहार कोशी प्रदेशमा देखिएको समेत बताउनु भयो ।
राजनीतिक दलहरुले गरेकाे यस्तै कुरुप चरित्र र व्यवहार संघीयताको मानक हो भने देश जोगाउन संघीयता नै खारेज गरिनु पर्ने उहाँले बताउनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच