
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज धनगढी जाँदै हुनुहुन्छ। समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड आज धनगढी जान लाग्नुभएको हो।
आजको सुदुरपश्चिम कार्यतालिका अनुसार प्रधानमन्त्री धनगढीबाट सिँधै लम्की प्रस्थान गर्नुहुनेछ । लम्कीमा माओवादी प्रदेश उपाध्यक्ष स्वर्गीय महेश बडुवालको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा सहभागी भएर प्रधानमन्त्री प्रचण्ड घोडाघोडी नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
अपरान्ह १२ देखि १ बजेको बीचमा गौरीगङ्गा नगरपालिकाको भवन उद्घाटन गरेर उहाँ करिब दुई बजे धनगढीमा समाजवादी मोर्चाको भेलालाई सम्बोधन गर्नुहुनेछ। आज नै ५ः३० बजे श्री एयरलाइन्सको उडानबाटै उहाँ काठमाडौं फिर्ता हुने कार्यतालिका रहेको छ।न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच