काठमाडौं । महानायक राजेश हमालले घरेलु उद्योगलाई बढावा दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रत्येक नागरिकले घरेलु उत्पादन र उद्योगलाई महत्व दिनुपर्ने बताउनु भयो । उहाँले घरेलु उद्योग एउटा व्यवसाय मात्रै नभएको भन्दै यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्ने बताउनु भयो । उहाँले घरेलु उद्योग ओझेलमा पर्नु, लोप हुनु भनेको संस्कृति र कला लोप हुनु रहेको बताउनु भयो । उहाँले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्ने घरेलु उद्योगका सामग्रीहरुलाई आधुनिकताको नाममा हेलचेक्राँई गरे समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पुग्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी प्रत्येक नागरिकले घरेलु उद्योगलाई बढावा दिनुपर्छ । घरेलु उद्योग, ह्याण्डिक्र्याप छ, यो खालि व्यवसाय मात्रै नभइ यसले देश, संस्कृति र हाम्रो कलालाई प्रतिनिधित्व गर्छ । यो ओझेलमा पर्नु, यो लोप हुनु भनेको संस्कृति र कला लोप हुनु हो । किनभने यसले पुर्खाको सीप, कलालाई प्रतिनिधित्व गर्छ । हामीले आधुनिकताको नाममा यसलाई हेलचेक्राँई गर्ने हो भने र आधुनिकताका सरसामानको पछि लाग्यौँ भने हाम्रो समाजको लागि र परम्परागत संस्कृतिको लागि हानी पु¥याउँछ ।’
महानायक हमालले नेपालका घरेलु उद्योगका सामग्रीहरुको महत्व करिव ४० वर्ष पहिला धेरै महत्वपूर्ण हुने गरेको र लोकप्रिय रहेको बताउनु भयो । उहाँले नेपालका घरेलु उद्योगबाट उत्पादित सामग्रीहरु विश्व बजारमा ओझेलमा परेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच