लिस्वेन । युरोपेली च्याम्पियनसिप (युरो कप) छनोटमा पोर्चुगलले बोस्निया हर्जेगोभिनालाई पाँच-शून्यको जित हात पारेको छ । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा जोआओ क्यान्सेलो, जोआओ फेलिक्स र बु्रनो फर्नान्डेजले समान एक गोल गर्नुभयो । पोर्चुगलको खेलमा अग्रता पाचौँ मिनेटमा आएको थियो । रोनाल्डोले पेनाल्टीमार्फत् गोल गर्दै खेलमा अग्रता बनाउनुभएको थियो ।
रोनाल्डोले नै २०औँ मिनेटमा अग्रता दोब्बर बनाउनुभयो । त्यसको पाँच मिनेटपछि फर्नान्डेजले गोल थप्नुभयो । ३२औँ मिनेटमा क्यान्सेलोले चौथो गोल गर्नुभयो । यस्तै फेलिक्सले ४१औँ मिनेटमा पोर्चुगलको अग्रता पाँच गोलको बनाउनुभयो ।
युरोकपमा छनोट भइसकेको पोर्चुगलको आठ खेलमा २४ अंक छ । समूहको दोस्रो स्थानमा रहेको स्लोभाकियाको समान आठ खेलमा १६ अंक छ । पराजित बोस्निया नौ अंकसहित पाँचौँ स्थानमा छ ।
सोही समूहमा आइसल्याण्डले लिकटेन्स्टाइनलाई चार-शून्यले पराजित गर्दा स्लोभाकियाले लक्जेम्वर्गलाई एक-शून्यले हरायो । यस समूहमा फ्रान्सको ६ खेलमा १८ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको नेदरल्याण्ड्सको ६ खेलमा १२ अंक छ । तेस्रो स्थानमा रहेको ग्रिसको पनि सात खेलमा समान १३ अंक छ । समूहका शीर्ष दुई टोली अर्को वर्ष जर्मनीमा हुने युरोकपका लागि छनोट हुनेछन् ।
यस्तै नेदरल्याण्ड्सले ग्रिसलाई एक-शून्यले पराजित गरेको छ । बराबरीतर्फ उन्मुख खेलमा नेदरल्याण्ड्सले इन्जुरी समयमा पेनाल्टीमा गोल ग¥यो । भर्जिल भान डाइकले नेदरल्याण्ड्सका लागि पेनाल्टीमा गोल गर्नुभएको थियो । नेदरल्याण्ड्सले तेस्रो स्थानको ग्रिससँग अंक बराबरी गरेको छ । नेदरल्याण्ड्सले अब रिपब्लिक अफ आयरल्याण्ड र जिब्राल्टरलाई अन्तिम दुई खेलमा पराजित गरेको खण्डमा सिधै युरोकपमा छनोट हुनेछ । ग्रिसले घरेलु मैदानमा अन्तिम खेलका रूपमा फ्रान्ससँग खेल्न बाँकी छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच