
काठमाडौं । गीतकार संघ नेपालको चौधौँ साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा एक कार्यक्रमको आयोजना गर्दै संघले चौधौँ साधारणसभा सम्पन्न गरेको हो ।
संघका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्वमा भएको कार्यक्रममा वरिष्ठ गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यता थियो भने वरिष्ठ गीतकार एसपी कोइरालाको विशिष्ट अतिथिको आतिथ्यता रहेको साधारणसभा उद्घाटन सत्र र बन्द सत्र गरी दुई सत्रमा सम्पन्न भएको थियो ।
संगीतकार संघ नेपालका अध्यक्ष एवं प्राज्ञ चेतन सापकोटा, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान, संगीत रोयल्टी संकलन समाजका महासचिव बी पाण्डे, गीतकार संघका पूर्वअध्यक्ष चुडामणि देवकोटा, वरिष्ठ गीतकार विश्व वल्लभ, गीतकार एसपी कोइराला, अमर वान्तुलगायतका स्रष्टाहरूको आतिथ्यता थियो । सबै अतिथिहरूले शुभकामनासहितको आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा अक्षयकोष संरक्षकका तर्फबाट अमर वान्तुले आफ्नो भनाइ राख्नुभएको थियो । गीतकार धु्रवप्रसाद अमगाईंद्वारा संघले प्रदान गर्ने सम्मान तथा पुरस्कारमा नयाँ अक्षयकोष स्थापनाको घोषणा गरिएको थियो ।
साधारणसभाको दोस्रो सत्रमा विधानसम्बन्धी विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । दोस्रो सत्रमा कोषाध्यक्ष चेतन खतिवडाले कोषको प्रतिवेदन पढेर सुनाउनुभएको थियो भने महासचिव टीका राईले संघले गरेका विभिन्न गतिविधिका बारेमा तयार पारेको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष रमेश कोइरालाले गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच