रुपन्देही । लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा स्वास्थ्य बीमाका बिरामी धान्नै मुस्किल भएको छ। अस्पतालको स्वास्थ्य बीमावाट आर्थिक बर्ष २०७९/८० को साउनसम्म १ लाख ३४ हजारले सेवा लिएका छन। त्यसमा ७४ हजार महिला र अन्य बाँकी ५६ हजार पुरुष रहेका छन।
अस्पतालको स्वास्थ्य बिमा प्रमुख भागिरथ रानाका अनुसार अस्पतालमा ४ वटा काउन्टरबाट बिमासेवा दिएको बृद्ध जेष्ठ नागरिकहरुलाई छुट्टै काउन्टरको ब्यबस्था गरेको बताउनुभयो। दैनिक अस्पतालमा ६ सय देखी ९ सम्मसम्म बिरामीले बिमामाबाट सेवा लिएको बताउनुभयो।
बीमाबाट २६ करोड ४६ लाख ९ हजारका औषधी र सेवामा प्रयोग भएको छ। त्यसमध्ये १० करोड ४६ लाखको ल्याव र भर्ना शुल्कमा र बाँकी औषधी वितरण भएको छ। लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमावाट सेवा लिनेको संख्या बढदो रहेको रानाको भनाई छ।
अस्पतालले बीमा बोडसँग बार्षिक २६ करोड ४६ लाख ९ हजारको बिल बीमा सेवावापतको रकम दावी गरेको छ । सरकारसँग भुक्तानीको लागी पेस भएका फाईलमध्ये आर्थिक बर्षको सुरुवातमा बैसाखसम्म ५ करोड गत बर्षको ४ करोड गरि ९ करोड बाँकी र त्यसपछिको सबै शुल्क बाँकी रहेको रानाको भनाई छ। समग्रमा बाँकी र अहिलेसम्मको ११ करोड भन्दा बढी स्वास्थ्य बीमा बोर्डमा भुक्तानीको लिन रहेको बताउनुभयो।
रानाले बीमामा केही समस्या छन । पहिलो भनेको सफट्वेयर खुल्न समस्या छ भने अर्काेतर्फ सरकारले बीमाबाट आउने रकममा ढिलाइ गर्दा औषधी र ल्यावका चाहिने सामान किन्न समस्या हुने बताउनुभयो।
अस्पतालमा बीमा सेवा लिएका बुटबल १४ का राम बहादुर क्षेत्रीले भने, पहिले भन्दा धेरै सहज भएको र सहज औषधी पाउने व्यबस्था भए राम्रो हुने बताउनुभयो। सुनवलकी शरिता भुसालले पनि आफु बीमा सुरु भएपछि अस्पतालबाट सेवा लिएको र अहिले बढी भीडभाड भएकोले अस्पतालको ध्यान त्यसतर्फ जानुपर्ने बताउनुभयो।
अस्पतालका शाखा अधिकृत राजन केसीका अनुसार, लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप बढिरहेको छ । क्षमताभन्दा बढी बिरामीलाई अस्पतालले सेवा दिएको बताउनुभयो। यस्तै, चाँप भयो र थेग्न नसके कोटा तोक्नुपर्ने अवस्था आउने उहाँले बताउनुभयो। बिरामीको आकर्षण राम्रो सेवा दिएकोले बिरामी आउनुभएको छ, बीमामा अहिले केहि समस्या भए पनि क्रमसः हटाउदै थप व्यबस्थित बनाउने शाखा अधिकृत केसीले बताउनुभयो।
अस्पतालका मेसु डा. शुर्दशन थापा क्षेत्रीले स्वास्थ्य बीमा कार्यक्रममा थोरै रकम योगदान गरी बिमित भएमा सामान्य सेवाका साथै विशिष्ट उपचार सुविधासमेत प्राप्त गर्न सकिने भएकोले सेवाग्राही बढेको बताउनुभयो।
हाम्रो लुम्बिनी प्रादेशिक अस्पतालमा बिमाको चाप अत्यधिक रहेको र यसलाई व्यबस्थापन गर्न थप काउन्टर कर्मचारीलगायतका काम भइरहेकोले अब केही समयमै सेवा सहज हुने बताउनुभयो।
स्वास्थ्य बीमा कार्यक्रमले प्रदान गर्ने सेवा
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमबाट स्वास्थ्य संस्थामा आकस्मिक परीक्षण, बहिरंग सेवामा परीक्षण, उपचार सेवा (तोकिएका १११८ प्रकारका औषधि), रोगको निदान गर्न आवश्यक प्रयोगशालामा दिसा, पिसाब, रगत, एक्स–रे, अल्ट्रासाउन्ड इत्यादि तथा शल्यचिकित्सा सेवा बीमा कार्यक्रमले निःशुल्क प्रदान गर्दछ।
तर, कृत्रिम अंगहरू प्रत्यारोपण सेवा, कस्मेटिक सर्जरी (शल्यचिकित्साबाट सुन्दर गराउने), पावरदार चश्मा, सुन्ने यन्त्र, कृत्रिम दाँत उपचार सेवा र कृत्रिम गर्भाधान तथा लिंग परिवर्तन सेवा भने राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमले प्रदान गर्दैन।
चिकित्सकले सिफारिस गरेका १ हजार १ सय १८ प्रकारका औषधि, आँखाको शल्य चिकित्सा, दन्त चिकित्सा सेवा, कडा रोगको शल्य चिकित्सासमेत बीमा कार्यक्रमबाटै व्यहोरिन्छ। अस्पतालका बीमा शाखा प्रमुख रानाले लुम्बिनी प्रादेशिक अस्पतालको बीमा फार्मेसीबाट ९० प्रतिशत औषधी उपलब्ध गराईएको बताउनुभयो। सरकारी बीमा कार्यक्रममा नेपालका ७७ जिल्लाका १८ लाख नागरिक र ४५० स्वास्थ्य संस्था आबद्ध भइसकेका तंथ्याक रहेको छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच