
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले सर्वसाधारणलाई दशैंको टीका लगाइदिने हुुुनुभएको छ ।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको सूचनाका अनुसार ७ कात्तिक मंगलबार विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने हुनुभएको हो।
दिउँसो २ बजेदेखि अपरान्ह ३ बजेसम्म उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीका लगाइदिने र अपरान्ह ३ बजेदेखि बेलुका ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने समय निर्धारण गरिएको जारी सूचनामा उल्लेख छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच